पूर्व सभामुख पेलोसीद्वारा बाइडेनको निर्णयको प्रशंसा 

इनेप्लिज २०८१ साउन ६ गते २०:४२ मा प्रकाशित

अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले आइतवार राष्ट्रपति जो बाइडेनले पुन: चुनाव नउठने निर्णय गरे पछि प्रशंसा गरेकी छिन्।

तर उनको वक्तव्यमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन नगर्ने सिएनएनले जनाएको छ।

“राष्ट्रपति जो बाइडेन एक देशभक्त अमेरिकी हुन् जसले सधैं हाम्रो देशलाई प्राथमिकता दिएका छन्। उनको दर्शन, मूल्यमान्यता र नेतृत्वको विरासतले उनलाई अमेरिकी इतिहासमा सबैभन्दा परिणाममुखी राष्ट्रपति बनाउदछ, ” बिज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया