लायन्स क्लब अफ काठमाडौं राइजिङ सनले मनायो १०औं वर्षगाँठ

इनेप्लिज २०७२ भदौ १६ गते २२:३८ मा प्रकाशित

pic 2काठमाडौं, भदौ १० । लायन्स क्लब अफ काठमाडौं राइजिङ सनले गत ९ गते बुधबार आधा दर्जन पूर्वगर्भनरसहित पारिवारिक वातावरणमा आफ्नो १०औं वार्षिकोत्सवमनाउनुका साथै पदस्थापन सम्पन्न गरेको छ । काठमाडौं गोकर्णस्थित गोकर्णफरेष्ट रिसोर्टको सभाहलमा स्थानीय समाजसेवी, क्लब पदाधिकारी, लायन्स डिष्ट्रिकनेतृत्व तथा सञ्चारकर्मीमाझ लायन्स क्लब अफ काठमाडौं राइजिङ सनले आफ्नोस्थापनाको १०औं वर्षगाँठ मनाएको हो ।

क्लब अध्यक्ष छेम्बल लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत आफ्नो स्थापनाकालदेखिका विभिन्न क्रियाकलापप्रस्तुत गरिएको थियो भने बेष्ट अवार्ड अफ द क्लब स्थानीय समाजसेवी दीपेन्द्रलामालाई प्रदान गरेको थियो । त्यस्तै, लायन्स क्लब डिष्ट्रिक ३२५‘ए’१ कागर्भनर सुनिलभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्लबका संस्थापकसदस्य द्वारिका श्रेष्ठलाई बेष्ट मेम्बर अवार्ड तथा १ दर्जन सहयोगीहरुलाई समेत विशेषसम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा पूर्वगभर्नरहरु राम भण्डारी क्षेत्री, खगेन्द्र सिटौला, दिनेश पौडेल,शिवराम प्रधान, भीम घिमिरे, उत्तम कायस्थलगायतले लायन्स क्लब काठमाडौं राइजिङसन यस क्षेत्रकै अग्रणी क्लबका रुपमा स्थापित भएको जानकारी दिंदै क्लबले १० वर्षमागरेका धेरै सामाजिक कार्यको प्रशंसा गरेका थिए । त्यसैगरी प्रथम भाइस डिष्ट्रिकगर्भनर कुमार सुवेदी र द्वितीय भाइस डिष्ट्रिक गभर्नर लीला ढुंगेलले क्लबको प्रशंसा गरेका थिए । साथै, क्षेत्रीय अध्यक्ष जयराम विष्टले पनि लाइन्स क्लब राइजिङ सनले गरेको समाजसेवाको फेहरिस्त सुनाएका थिए ।समाजसेवामा अगाडि देखिएको राइजिङ सन लायन्स क्लबले काठमाडौं रसिन्धुपाल्चोकका विभिन्न २० विद्यालयमा ४० वटा कम्प्युटर हस्तान्तरण गरिसकेको छभने ६ सय जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरी दृष्टि प्रदान गरेको छ ।

त्यस्तै क्लबले गोकर्ण र सुन्दरीजलका घाटहरुमा सोलारबत्तीसमेत जडान गरेको छ ।सन् २००५ देखि त्यस क्षेत्रका क्रियाशील क्लबको सिफारिशमा टेक्सास कलेज र केयुसिटी कलेजले प्लस टुका विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।

pic 1

प्रतिक्रिया