गाजाको स्वास्थ्य मन्त्रालयले युद्धग्रस्त विस्तार क्षेत्रको दक्षिणमा शनिबार इजरायली आक्रमणमा ७१ जनाको मृत्यु भएको जनाएको छ।
खान युनिस क्षेत्रमा भएको आक्रमणमा अन्य २८९ जना घाइते भएको मन्त्रालयले जनाएको छ । धेरै घाइते र मृतकलाई नजिकैको नासेर अस्पतालमा लगिएको बताइएको छ।
अस्पतालमा एसोसिएटेड प्रेस(एपि)का पत्रकारहरूले ४० भन्दा बढी शवहरू गणना गरेको र त्यहाँका साक्षीहरूले धेरै आक्रमणहरु भएको वर्णन गरेको जनाएको छ ।
उत्तरी रफाहदेखि खान युनिससम्म फैलिएको इजरायलले तोकेको मानवीय क्षेत्र भित्र आक्रमण भएको हो वा होइन भन्ने स्पष्ट नभएको एबिसीन्यूजले जनाएको छ । सयौं हजारौं विस्थापित प्यालेस्टिनीहरू सुरक्षाको खोजीमा भागेका छन् भने प्रायः अस्थायी पालहरूमा आश्रय लिई रहेका छन्।
इजरायलले अक्टोबर ७ मा हमासको आक्रमण पछि गाजामा आफ्नो अभियान सुरु गरे देखि हाल सम्म इजरायली भू-आक्रमण र बमबारीले गाजामा ३८,३०० भन्दा बढी मानिसहरुको ज्यान गएको छ भने ८८,००० भन्दा ज्यादा घाइते भएको गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गाजाका २३ लाख मानिसहरूमध्ये ८० % भन्दा बढी घरबाट विस्थापित भएका छन् ।
प्रतिक्रिया