युक्रेनी शहरहरूमा रुसी आक्रमणमा २० जनाको मृत्यु, ५० जना भन्दा ज्यादा घाइते ;राजधानी कीभमा बालबालिकाको अस्पतालमा आक्रमण

इनेप्लिज २०८१ असार २४ गते ११:०६ मा प्रकाशित

रुसीले सोमबार किभमा बालबालिकाको अस्पताल सहित युक्रेनका शहरहरूमा क्षेप्यास्त्रहरू प्रहार गरेको छ । आन्तरिक मन्त्रालयलका अनुसार कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ र ५० बढी घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूले दिएको सूचना अनुसार युक्रेनी शहरहरूमा भीडको समयमा दिउसै भिडमा आक्रमण गरिएको थियो। आक्रमण कीभ, डिनिप्रो, क्रिभिई रिह, स्लोभ्यान्स्क र क्रामाटोर्स्कमा गरिएको छ ।

आक्रमणमा परेका भवनहरूमध्ये कीभको ओख्मादत अस्पताल, युक्रेनको सबैभन्दा ठूलो बाल चिकित्सा केन्द्र थियो। नतालिया सार्दुडिनोभा, एक वरिष्ठ स्वास्थ्य परिचारिकाले अस्पतालमा आक्रमण गरेको क्षणको वर्णन गर्दै भनिन्, “यो डरलाग्दो थियो, तर हामी बाँच्यौं।”

अस्पतालमा ११ वर्षीय अबुर्द (क्यान्सर)रोग लागेका छोराकी आमा युलिया भासिलेन्कोले उनको छोरा डेनिसलाई आक्रमण पछि बाहिर निकालिएको थियो।

“मेरो छोरो दुख्ने कम गर्ने (पेनकिलर )खाइरहेको छ। उनलाई अबुर्द रोग (क्यान्सर )छ । उनी आधा दिनदेखि औषधिविहीन छन् । उनलाई तेस्रो तल्लाबाट सिँढीबाट तल ल्याइयो । “उनले भनिन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्क्सीले सामाजिक संजाल मार्फत अस्पतालमा आक्रमणहरूको सही संख्या अझै थाहा छैन र त्यहाँ भग्नावशेषमा मानिसहरू अझै फसेको हुन् सक्ने बताएका छन् ।

तर चिकित्सकदेखि स्थानीय बासिन्दाहरू सबैले आक्रमण पछि भग्नावेश गर्न मद्दत गरिरहेका छन्। उनले युक्रेनविरुद्ध विभिन्न प्रकारका करिब ४० वटा क्षेप्यास्त्र प्रहार गरिएको पनि बताए ।

“सम्पूर्ण विश्वले अन्ततः रूसी हमलाहरूलाई अन्त्य गर्न आफ्नो सबै दृढ संकल्प प्रयोग गर्नुपर्छ। हामी मिल्येर मात्र वास्तविक शान्ति र सुरक्षा ल्याउन सक्छौं,’ उनले भने ।

प्रतिक्रिया