अमेरिकाको भर्जिनियाका एक भारतीय मूलका व्यक्तिलाई बर्षौ देखि २ करोड डलर भन्दा ज्यादा ठगी र घोटाला गरेको आरोपमा पक्राउ

इनेप्लिज २०८१ असार २४ गते ०:४४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको लाउडन काउन्टीको एल्डी शहरमा बस्दै आएका एक भारतीय मूलका व्यक्तिलाई बर्षौ देखि २ करोड डलर भन्दा ज्यादा ठगी र घोटाला गरेको आरोपमा पक्राउ गरिएको न्याय विभागले जनाएको छ ।

एक संघीय बृहत निर्णायक मण्डल (ग्रान्ड जूरी)ले ४६ वर्षीय बाबु रामराजलाई बिधुतिय प्रणालीबाट पैसाको कारोवारमा ठगी र गैरकानूनी मौद्रिक लेनदेनको आरोपमा जुन महिनाको अन्त्यमा अभियोग लगाएको छ ।

भर्जिनियाको पूर्वी जिल्लाको लागि अमेरिकी वकिल को कार्यालयबाट जारी गरिएको एक समाचार विज्ञप्ति अनुसार उनले लामो समय देखि करिव २० मिलियन(२ करोड डलर )लगानी घोटालाको आरोप लगाएको छ ।

अभियोजकहरूका अनुसार उनले बहुवर्षीय ऋण घोटालामा मेरील्याण्ड, भर्जिनिया र अन्य क्षेत्राधिकारहरूमा दर्जनौं लगानीकर्ताहरूलाई ठगेका थिए ।

डब्लुटिओका अनुसार आरोपी बाबु रामराज र उनकी श्रीमतीसँग डिएवि निरीक्षण तथा परामर्श सेवाहरू संचालनमा रहेको जनाएको छ । अदालतको कागजातहरू अनुसार उनि घर ठेकेदारीको साथै घरको पटांगिनी (प्याटिओ ) र डेक (घर सजावट )परियोजनाहरूमा संलग्न भएको देखाएको छ ।

रामराजले लगानीकर्ताहरूलाई कथित रूपमा संघीय उड्डयन प्रशासन, भर्जिनिया यातायात विभाग र थप लगायतका सरकारी सँस्थाहरूसँग लाभदायक सम्झौताहरू प्राप्त गरेको भन्दै झुटो कुरा समेत गरि विश्वास लिएका थिए ।

उनले कथित रूपमा लगानीकर्ताहरूलाई आफ्नो व्यवसाय “वाशिंगटन डीसी वाटर क्लीन रिभर्स प्रोजेक्टमा संयुक्त उद्यम साझेदार” भनेर पनि बताएका थिए ।

जनवरी २०२० देखि मे २०२४ सम्म रामराजले कथित रूपमा लगानीकर्ताहरूलाई “उनको लाउडन काउन्टी क्रिकेट लिगका सदस्यहरू सहित” उच्च ब्याज दरमा ऋण दिएको बताए ।

“पछिका लगानीकर्ताहरूबाट पैसा प्रयोग गरेर रामराजले प्रारम्भिक लगानीकर्ताहरूलाई पैसा तिरेका थिए । उनले लगानी जारी राख्न र अन्य साथीहरू र परिवारलाई लगानी गर्न प्रतिज्ञा गरिएको पैसा समेत तिरेका थिए ,” समाचार विज्ञप्तिमा भनिएको छ।

आफ्नो घोटाला वास्तविक हो भनी लगानीकर्ताहरूलाई विश्वास दिलाउन रामराजले नक्कली सम्झौता ,पुरस्कृत पत्र (अवार्ड लेटर)हरू, बिजक( इनभ्वाइस)हरू, डिएबिका वित्तीय अभिलेखहरू र थप आपूर्ति गरेको आरोप छ।

एक पटक उनले पैसा प्राप्त गरेपछि उनले विभिन्न प्रकारको खर्च गरेका थिए । प्रतिज्ञा अनुसार भुक्तान गर्नुको सट्टा रामराजले पैसा आफ्नो र उनकी श्रीमतीको ब्रोकरेज खाताहरूमा सारेका थिए ।

अभियोजकहरूका अनुसार यो रणनीति प्रयोग गरेर “कुल २० मिलियन भन्दा बढी” कमाएका छन् । भारतमा उनकी श्रीमतीको नाम अन्तर्गत खाताहरूमा १० लाख डलरको खोलेका छन् । बाबु रामराजले धेरै बिलाशिताका सवारी साधनको साथै आफ्नो जीवनशैलीको लागि अन्य क्षेत्रमा भुक्तानी गर्न पैसा प्रयोग गरे।

यदि दोषी ठहरियो भने रामराजलाई बिधुतिय प्रणालीको धोखाधडीको प्रत्येक गणनाको लागि २० वर्षसम्म कैद र गैरकानूनी मौद्रिक लेनदेनको प्रत्येक गणनाको लागि १० वर्षसम्म जेल सजाय हुनेछ,” न्याय विभागले बिज्ञप्तिमा जनाएको छ ।

नर्थ क्यारोलाइना र जर्जियाका बासिन्दाहरूले बाबु रामराज विरुद्ध दायर गरेको संघीय उजुरीहरू पछि आरोपहरू लगाइएको छ। नर्थ क्यारोलाइनाका उजुरीकर्ताहरूले उनलाई जुलाई २०२२ देखि जुलाई २०२३ सम्म लगभग ४,००,००० डलर घोटाला गरेको आरोप लगाएका छन् ।

त्यस्तै जर्जियाका बासिन्दाहरूले बाबु रामराजलाई २००,००० डलरको ठगी गरेको आरोप लगाएका छन् । रामराजलाई जुलाई १२ मा संघीय अदालतमा उपस्थित गराउने तयारी रहेको डब्लुटिओपिले समाचार लेखेको छ ।

https://www.justice.gov/usao-edva/pr/aldie-man-charged-multi-million-dollar-investment-fraud-scheme

प्रतिक्रिया