अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा युवा नेपालीहरुले विवाह मेलाको आयोजना गर्ने भएका छन् । अमेरिकामा सम्भवत नेपालीहरूको पहलमा आयोजना हुदै आएको यो बिहे मेला पहिलो हो । यस बर्ष सहित यो छैठौ संस्करण हो। यस बर्ष सेप्टेम्बर २२ ,२०२४ का दिन मनाससमा हुनेछ ।
गत बर्ष २०८० मा अत्यन्तै सफलतापूर्वक सम्पन्न उक्त समारोह भर्जिनिया राज्यकै मनासस शहरको नेपालीहरुले नै संचालन गरेको विनडम होटल (अतिथि गृह)मा कार्यक्रम १२ देखि ४ बजे सम्म सञ्चालन हुनेछ ।
पाँचौ पटक आयोजना गरिएको बिहे मेला यस वर्ष अझ सहभागिताको साथै मनोरञ्जन र उत्साहपूर्वक हुने आयोजकको तर्फबाट बिपिन राज उप्रेतीले इनेप्लिजलाई बताए । उप्रेतीले हरेक वर्ष यसको प्रचार प्रसार बढ्दै गएको ,समुदायहरुले पनि चासो देखाउदै अवलोकन गर्न आउने गरेकोले हामी आयोजकहरु निकै उत्साहित हुनाले सबैलाई यस मेलामा सहभागी हुन् आह्वान गरेका छन् ।
वेडिंग मेला (बिहे मेला) नेपालीहरुको जनघनत्व दिनहु वृद्धि हुदै गएकोले यो नेपाली समुदायको लागि आयोजना गरिएको उप्रेतीले स्पष्टता पारे । गत वर्ष अझ थप आवश्यक सेवा उपलब्ध गराइएकोले नेपाली समुदायहरू अभिरुचिपूर्ण रूपमा कार्यक्रम अवलोकन गर्न आएका थिए । मेलाको मुख्य उद्देश्य नै नेपाली उधमी/व्यवसायीहरुलाई प्रवर्द्धन गर्नु पनि रहेको छ ।
गत बर्ष नेपाली तथा विदेशी व्यापारीहरूको समेतले सहभागिता रहेको थियो । विवाह र सांस्कृतिक पर्वहरूका लागि आवश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रूपमा उपलब्ध गराइने भएकोले यो मेलाको आयोजना गरिन लागिएको हो ।
यस वर्ष पनि ,सजावटकर्ताहरु,गरगहना पसल,बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष ,दुलहा दुलहीका कपडाका व्यापारी,नेपाली परिकारका खाना,आपूर्तिकर्ताहरू ,मेहन्दीवाला,नेपाली समुदायलाई चाहिने पण्डितहरुको सम्पर्क ,केक पसलका व्यापारी ,बिहेका फूलहरू ,आपूर्तिकर्ता फोटो (तस्बिर )तथा भिडियोग्राफरहरुको पनि सहभागिता रहने छ ।
गत बर्षको मेलाको उद्घाटन प्रमुख अतिथिको रुपमा निर्मला देवी उप्रेतीले गरेकी थिइन् । ग्यालेक्सी इभेन्ट्स सोलुसनका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोलक्रीसका कृष्ण दाहाल ,फोटो पसलका सम्पूर्ण मानन्धर तथा विनडमको संयुक्त आयोजनामा विवाह मेला हुनेछ ।
प्रतिक्रिया