बेलायतमा कियर स्टारमर नयाँ प्रधान मन्त्री हुदै ,ऋषि सुनकले बुझाए राजिनामा

इनेप्लिज २०८१ असार २१ गते ११:०९ मा प्रकाशित

बेलायतमा कियर स्टारमर नयाँ प्रधान मन्त्री हुने भएका छन् । प्रधान मन्त्रि ऋषि सुनकले चुनावमा पराजित भए पछि आफ्नो अन्तिम भाषण दिएका छन् । साथै उनले आफ्नो राजिनामा बुझाएका छन् ।

स्टारमर चाँडै राजा चार्ल्स तृतीयको शासनकालको तेस्रो प्रधानमन्त्री बन्नेछन्। विश्व भरिका नेताहरूले स्टारमरलाई चुनाव जितेकोमा बधाई दिएका छन् ।

डाउनिङ स्ट्रिटबाट निवर्तमान प्रधान मन्त्रि सुनकले आफ्नो मन्तब्यमा बेलायती मतदाताहरूको “आक्रोश” सुनेको बताए ।

कन्जरभेटिभ पार्टी( रुढीबादी दल)लाई अहिलेसम्मकै सबैभन्दा नराम्रोसँग लेबर पार्टी (श्रम दल )ले पराजित गरेको छ । सुनकले आफ्नो सीट गुमाएका उम्मेदवारहरूसँग माफी मागेका छन्।

सुनकले भने, मैले तपाईहरुको क्रोध, निराशा सुनेको छु र म यो हारको जिम्मेवारी लिन्छु । लेबर पार्टीले बेलायतको संसदमा झण्डै दुई तिहाई सिट जित्दै बेलायतको संसदमा भारी बहुमत हासिल गरेको छ ।

लेबरले ३२६ सीटहरू जितेको छ भने कियर स्टारमर केही समय मै प्रधानमन्त्री बन्ने छन् । लगातार पाँच प्रधानमन्त्रीहरूसँग सत्तामा १४ वर्ष पछि बेलायतको कन्जरभेटिभ पार्टी बिहीबार सत्ताबाट बाहिरिएको छ ।

केयर स्टारमरले सीट जितिसकेपछि अब दिने समय आएको बताए । उनले उत्तर लन्डनमा आफ्नो सीट जितेर देश “परिवर्तनको लागि तयार छ” भने।

“परिवर्तन यहाँबाट सुरु हुन्छ किनभने यो तपाईहरुको लोकतन्त्र, तपाईहरुको समुदाय र तपाईहरुको भविष्य हो। तपाईहरुले मत दिनुभयो र अब हामीले डेलिभर(दिने )समय आएको छ। “म यो वाचा गर्छु: तपाईहरुले मलाई मत दिनु भयो या भएन तर म यस निर्वाचन क्षेत्रका प्रत्येक व्यक्तिको सेवा गर्नेछु,” स्टारमरले भने।

प्रतिक्रिया