नेपाल अदालतले यौन दुर्ब्यबहार गरेको आरोपमा रामबहादुर बमजनलाई १० वर्षको कारागार सजाय सुनाएको छ ।
लाखौ लाख मानिसहरुले बुद्धको पुनर्जन्म लिएका भनिने र मानिने रामबहादुर बमजनलाई बाल यौन दुराचारको आरोपमा सोमबार १० वर्षको कैद (जेल) सजाय सुनाएको एक नेपाली अदालतले जनाएको छ ।
सन् २००५ मा नेपालको घना जङ्गलमा रुखमुनि करिब १० महिनासम्म बसेको रामबहादुर बमजनलाई हेर्न हजारौं हजार मानिसहरु आएपछि अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको थियो।
नेपालको सर्लाही जिल्ला अदालतका अधिकारी सिकिन्दर कापरले न्यायधिशले ३३ वर्षीय बमजोनलाई पीडितलाई ३ हजार ७५० डलर क्षतिपूर्ति दिन पनि आदेश दिएको बताए ।
रोयटर्सले टिप्पणीका लागि बमजोनसँग सम्पर्क गर्दा सम्पर्क हुन नसकेको जनाएको छ । तर उनका वकिल दिलीप कुमार झाले उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्।
बमजनलाई गत जनवरीमा काठमाडौंको बाहिरी भागमा रहेको एक घरबाट पक्राउ गरिएको थियो । १० महिनाको लागि प्रार्थना गर्न १५ वर्षको उमेरमा जङ्गलमा पसेपछि उनी पहिलो पटक अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको झण्डै दुई दशकपछि यो फैसला आएको हो।
प्रतिक्रिया