अत्यन्तै ताजा समाचार : नाइजेरियामा बम विष्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु , ४८ जना घाइते

इनेप्लिज २०८१ असार १६ गते ०:०९ मा प्रकाशित

नाइजेरियामा बम विष्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको बम विष्फोटमा कम्तीमा १८ जनाको ज्यान गएको छ भने ४८ जना घाइते भएको राज्यको आपतकालीन सेवाले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार दिउँसो ३ बजे विवाह समारोहमा पहिलो विस्फोट भएको थियो । त्यसपछि अर्को जनरल अस्पताल ग्वोजामा र तेस्रो अन्तिम दाह संस्कारमा भएको सिएनएनले जनाएको छ ।

बोर्नो राज्य आपतकालीन व्यवस्थापन एजेन्सी (सेमा) का महानिर्देशक चिकित्सक बर्किन्दो मुहम्मद सइदुले ग्वोजा शहरमा भएको विष्फोट स्थलको भ्रमण गरे।

बोर्नो राज्य आपतकालीन व्यवस्थापन एजेन्सी-सेमाका अनुसार मृतकहरूमा पुरुष, महिला र बालबालिका रहेका छन्।

प्रतिक्रिया