गत जुन २७, २०२४ मा राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको बहस निरास र उत्साहजनक रुपमा सम्पन्न भएको छ । डेमोक्र्याट्कहरु निरास भएका छन भने रिपव्लिकनहरु हर्षित भएका छन । ट्रम्पको गतिलो प्रस्तुत गरे भने बाइडेनको फितलो प्रस्तुती देखियो ।
यो बहस २०२४ को चुनावको पहिलो बहस थियो । दुवै उमेदवारहरूको नीतिहरू, नेतृत्व शैलीहरू, र दृष्टिकोणहरूको तुलना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
बहसको सञ्चालन सिएनएनका जेक ट्यापर र डाना बाशले गरेका थिए। कुनै प्रत्यक्ष दर्शक बिना गरिएको यो बहसमा मतदाताहरूलाई उम्मेदवारहरूको विचार र शैली हेर्ने मौका पाए र यस्लाई नै नोभेम्वरमा हुने चुनावमा निर्णय लिन सक्ने छन ।
यो बहसमा स्वास्थ्य सेवा, आर्थिक सुधार, राष्ट्रिय सुरक्षा, आप्रवासन नीति, र जलवायु परिवर्तन जस्ता मुख्य मुद्दाहरूमा चर्चा भएको थियो। बाइडेनले आफ्नो योजना प्रस्तुत गर्दै स्वास्थ्य सेवा विस्तार, हरित ऊर्जा लगानी, र मध्यवर्गीय कर कटौतीको महत्त्वमा जोड दिए।
उनले आफ्नो प्रशासनका उपलब्धिहरूलाई जोड दिए । विशेष गरी कोभिड-१९ महामारीको व्यवस्थापन, अर्थतन्त्रको पुनरुद्धार, र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका विषयमा चर्चा गरे ।
ट्रम्पले आफ्नो आक्रामक शैली कायम राख्दै बाइडेनको प्रशासनको आलोचना गरे। उनले बाइडेनलाई कमजोर नेतृत्वको आरोप लगाए र आफूलाई बलियो रूपमा प्रस्तुत गरे।
ट्रम्पले आफ्नो प्रशासनको आर्थिक उपलब्धिहरू, आप्रवासन नीतिहरू, र कानून र सुव्यवस्था कायम राख्नका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले बाइडेनको नीतिहरूलाई असफल र अवास्तविक भने ।
बाइडेनले बहसको धेरै समय रक्षात्मक अवस्थामा बिताए। उनको आवाजमा समस्या देखियो र उनलाई चिसो लागेको जस्तो देखियो।
उनको प्रस्तुति कम प्रभावशाली रहन पुग्यो । तर, बाइडेनले मुख्य मुद्दाहरूमा आफ्नो सन्देश प्रवाह गर्न सफल भए ।
ट्रम्प अर्कोतर्फ, आक्रामक र दृढ थिए। ट्रम्पको प्रदर्शनले उनका समर्थकहरूलाई उत्साहित बनाएको छ ।
प्रतिक्रिया