रुसको दागेस्तानमा रहेको यहुदी मन्दिर तथा गिर्जाघरमा भएको आक्रमणमा पादरी तथा छ जना प्रहरी अधिकारीहरुको मृत्यु , दुई “आतंकवादी” पनि मारिए

इनेप्लिज २०८१ असार ९ गते १८:४६ मा प्रकाशित

रुसको दागेस्तानमा रहेको यहुदी मन्दिर तथा गिर्जाघर(चर्च)मा भएको आक्रमणमा पादरी तथा छ जना प्रहरी अधिकारीहरु मारिएका छन् । रुसको दक्षिणी दागेस्तान प्रान्तमा बन्दुकधारीले गरेको हमलामा छ जना कानून प्रवर्तन अधिकारी र एक पादरीको मृत्यु भएको बताइएको छ।

डर्बेन्ट शहरको एउटा गिर्जाघर (चर्च) र यहुदीहरुको प्रार्थना घर (सिनागग)मा र मखाचकला शहरको प्रहरी यातायात बिश्राम स्थल (ट्राफिक स्टप)मा आक्रमण भएको छ। क्षेत्रीय अधिकारीहरूले १२ जना प्रहरी अधिकारीहरू पनि घाइते भएको बताएका छन् ।

आक्रमण पछि दुई “आतंकवादी” पनि मारिएका छन् । रिया नवोस्तीले आइतबार दागेस्तानको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै सूचना गरेको छ।

डर्बेन्टको चर्च(गिर्जाघर)मा भएको आक्रमणमा एकजना पादरीको मृत्यु भएको दागेस्तान जन निगरानी आयोगका अध्यक्ष शमिल खादुलेभले बताए।

“मैले प्राप्त गरेको जानकारी अनुसार पादरी निकोलेलाई डर्बेन्टको गिर्जाघर (चर्च)मा मारिएको छ ,उनीहरूले उनको घाँटी काटेका थिए। उनि ६६ वर्षको धेरै बिरामी थिए ” खादुलेभले भने।

उनले गिर्जाघरका एक सुरक्षाकर्मीलाई गोली हानेको बताए । थप पादरीहरूले आफूलाई चर्चमा बन्द गरेका छन् र मद्दतको लागि पर्खिरहेका छन्, खादुलेभले भने।

यसैबीच, भवनको कम्तिमा एक तल्लामा रहेका झ्यालहरूमा ठूलो आगो र धुवाँको मुस्लो निस्किरहेको र सभाघरमा अहिले आगो लागेको छ।

लगभग १२० किलोमिटर (७५ माईल) टाढा माखचकलामा एक प्रहरी यातायात चौकी र डर्बेन्टमा हमला जस्तै लगभग एकै समयमा भएको आक्रमण जस्तो देखिन्छ ,सिएनएनले उल्लेख गरेको छ ।

माखचकलामा भएको आक्रमणमा कम्तीमा एक प्रहरी घाइते भएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

दागेस्तान गणतन्त्रका प्रमुख सर्गेई मेलिकोभले टेलिग्राममा सन्देश जारी गर्दै भने “अज्ञात व्यक्तिहरूले सामाजिक अवस्थालाई अस्थिर बनाउने प्रयास गरेका छन्।

मेलिकोभले आक्रमणकारीहरूको पहिचान भइरहेको बताए । उनले जनतालाई शान्त रहन आग्रह गरे।

गणतन्त्र दागेस्तानका लागि रुसको अनुसन्धान समितिको अनुसन्धान निर्देशनालयले रूसी संघको फौजदारी संहिता अन्तर्गत आक्रमणको बारेमा आतंककारी अनुसन्धान सुरु गरेको बताएको छ।

“घटनाको सबै परिस्थिति र आतंकवादी हमलामा संलग्न व्यक्तिहरू स्थापित भइरहेका छन्, र ,तिनीहरूको कार्यको कानूनी मूल्याङ्कन गरिनेछ,” अनुसन्धान निर्देशनालयको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया