युक्रेनी मानवरहित यान( ड्रोन) तथा मिसाइल (क्षेप्यास्त्र)को आक्रमण बाट रुस र क्राइमियामा ४ जनाको मृत्यु भएको छ ।
रुसी अधिकारीहरूले युक्रेनी मानवरहित यान( ड्रोन) तथा मिसाइल (क्षेप्यास्त्र)आक्रमणमा चार जनाको ज्यान गएको बताएका छन् भने उत्तरपूर्वी युक्रेनको खार्किभमा रुसले गरेको हवाई बमबारीमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
रुसी अधिकारीहरूले आइतबार उक्त घटना भएको बताए । रुसले गाभिएको क्राइमियाको बन्दरगाह शहर सेभास्टोपोलमा पाँच युक्रेनी क्षेप्यास्त्रहरू खसाल्दा भग्नावशेषमा खसेर दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ ।
गभर्नर मिखाइल राजभोजाइभले करिब एक सय जना घाइते भएको उनले बताए ।
युक्रेनको सिमानामा रहेको रुसको बेल्गोरोड क्षेत्रमा तीन युक्रेनी मानवरहित यन (ड्रोन)ले ग्रेभोरोन शहरमा आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताए।
वायु रक्षा (एयर डिफेन्स)ले रुसको पश्चिमी ब्रायान्स्क, स्मोलेन्स्क, लिपेत्स्क र तुला क्षेत्रमा रातभर ३३ युक्रेनी मानवरहित यान (ड्रोन )खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ। कुनै हताहत वा क्षति विवरण दिईएको छैन।
खार्किभमा आइतबार भएको नयाँ आक्रमणमा कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै चारजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। नगर प्रमुख इहोर तेरेखोभले शहरमा निर्देशिक बमले आक्रमण भएको बताए ।
रुसले शनिबार दिउँसो खार्किभमा चारवटा हवाई बम प्रहार गरी पाँच तले आवासीय भवनमा आक्रमण गरी तीन जनाको ज्यान लिएपछि आइतवारको आक्रमण भएको हो। क्षेत्रीय गभर्नर ओलेह सिनेहुबोभका अनुसार ४१ जना घाइतेको आइतवार पनि उपचार भइरहेको छ।
आक्रमण पछि एक श्रब्यदृश्य (भिडियो )सम्बोधनमा, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका साझेदारहरूलाई आफ्नो हवाई सुरक्षा बलियो बनाउन आग्रह गरे।
कीभ क्षेत्रमा रातारात दुईवटा रुसी क्षेप्यास्त्र खसालेपछि भग्नावशेषमा दुई जना घाइते भएको युक्रेनका वायुसेना सेनापति माइकोला ओलेस्चुकले बताए ।
युक्रेनको आंशिक कब्जामा रहेको डोनेट्स्क क्षेत्रका क्षेत्रीय गभर्नर भादिम फिलास्किनले शनिबार रुसी आक्रमणमा दुई जनाको ज्यान गएको र चार जना घाइते भएको बताए ।
प्रतिक्रिया