साउदी अरबमा यस वर्षको हज यात्रामा १,००० भन्दा बढी तीर्थयात्रीको मृत्यु

इनेप्लिज २०८१ असार ९ गते १२:०२ मा प्रकाशित

साउदी अरबमा यस वर्षको हज यात्रामा १,००० भन्दा बढी तीर्थयात्रीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

साउदी अरेबियामा यस वर्षको हज तीर्थयात्रामा १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ किनभने मरुभूमि राज्यका इस्लामिक (मुसलमान)पवित्र स्थलहरूमा अत्यधिक उच्च तापक्रमको सामना गर्नु परेको अधिकारीहरूले आइतबार भने।

काहिरोका दुई अधिकारीका अनुसार मृत्यु हुनेमा आधाभन्दा बढी इजिप्टका मानिस थिए। इजिप्टले अनधिकृत तीर्थयात्रीहरूलाई साउदी अरब जान मद्दत गर्ने १६ वटा यात्रा निकाय (ट्राभल एजेन्सी)हरूको इजाजतपत्र खारेज गरेको अधिकारीहरूले बताएका छन्।

साउदी अरेबियाले तीर्थयात्राको क्रममा मृत्युको बारेमा टिप्पणी गरेको छैन किनभने प्रत्येक सक्षम मुसलमान (मुस्लिम)को जीवनमा एक पटक आवश्यक हुन्छ। इजिप्टको सरकारले यस वर्षको हजको दौडान पुरानो रोगहरूको कारण ३१ जना तीर्थयात्रीहरूको मृत्यु भएको घोषणा गरेको छ ।

यद्यपि, एक मन्त्रिमन्डलका अधिकारीका अनुसार तीर्थयात्राको क्रममा कम्तिमा ६३० जना अन्य इजिप्टियनहरू मरेको बताए । संख्याको पुष्टि गर्दै इजिप्टका एक कूटनीतिज्ञले मृतकमध्ये अधिकांशलाई साउदी अरबमा गाडिएको पुष्टी गरे ।

अधिकारीहरूले नाम न छाप्ने सर्तमा उनीहरूलाई पत्रकारहरूलाई विवरण दिने अधिकार नभएको बताए ।

साउदी अधिकारीहरूले अनाधिकृत तीर्थयात्रीहरूमाथि कारबाही गरे र हजारौं मानिसहरूलाई निष्कासन गरे। तर धेरै जसो इजिप्शियनहरू, मक्का र वरपरका पवित्र स्थलहरूमा पुग्न सफल भएका थिए ।

सरकारले आफ्नो विज्ञप्तिमा १६ वटा यात्रा निकाय (ट्राभल एजेन्सी)ले तीर्थयात्रीलाई पर्याप्त सेवा दिन असफल भएको बताएको छ । प्रतिष्ठान (कम्पनी)का अधिकारीहरूलाई अनुसन्धानका लागि सरकारी वकिलमा पठाइएको पनि सरकारले जनाएको छ ।

एसोसिएटेड प्रेसको तथ्याङ्क अनुसार मृत्यु हुनेमा इन्डोनेसियाका १६५, भारतका ९८ र जोर्डन, ट्युनिसिया, मोरक्को, अल्जेरिया र मलेसियाका दर्जनौं तीर्थयात्रीहरू पनि थिए । साथै दुई जना अमेरिकी तीर्थयात्रीको पनि मृत्यु भएको बताइएको छ।

एसोसिएटेड प्रेस पत्रकारहरूले हजको समयमा विशेष गरी दोस्रो र तेस्रो दिनमा तीर्थयात्रीहरू चर्को गर्मीबाट बेहोस भएको देखे । कतिपयले वान्ता गरे र ढले।

तर यस वर्षको संख्या असाधारण रूपमा उच्च भएको एबिसीन्यूजले समाचार लेखेको छ ।

सन् २०१५ को हजको क्रममा मिनामा भएको भागदौडमा २,४०० तीर्थयात्रीको मृत्यु भएको थियो ।सोही वर्षको सुरुमा मक्काको बृहत मस्जिदमा एउटा छुट्टै क्रेन( गह्रौ माल उचाल्ने यन्त्र अर्थात् उत्तोलक ) खस्दा १११ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया