मिस नेपाल नर्थ अमेरिका २०२४ का शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको सूची सार्वजनिक

इनेप्लिज २०८१ असार ८ गते १४:१५ मा प्रकाशित

विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को लागि शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको नामावली प्रकाशित गरिएको छ । अर्थात् अन्तिम प्रतियोगीहरुको सूची सार्वजनिक गरिएको छ ।

जुन २२ शनिबारका दिन आयोजक सँस्थाले एक बिज्ञप्ती जारी गर्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी हुने शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको नाम सार्वजनिक गरेको छ ।

शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुलाई स्वागत गर्नुको साथै अग्रिम रुपमा शुभकामना आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका प्रमुख कार्यकारी अधिकारी सैलेश श्रेष्ठले दिएका छन् ।

सैलेश श्रेष्ठ

प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गर्ने छ । शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुमा क्रमस मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी अन्ना कोइराला ,क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर ,ओहायोकी दृश्य धिताल ,मेरिल्याण्डकी न्यान्सी क्षेत्री ,न्यूजर्सीकी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल ,टेक्ससकी सरिता थागुना ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका छन् ।

स्मरण रहोस ,मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुदै आएको छ । यस बर्ष पनि अगस्त ३ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ ।

मिस नेपाल नर्थ अमेरिका (एमएनएनए) आयोजक सँस्थाले नेपाली महिलाहरूलाई आफ्नो महत्वाकांक्षा साकार पार्न, आत्मसम्मान बढाउन र अनुकरणीय व्यक्ति बन्न मञ्च प्रदान गर्ने विश्वास लिएको छ ।

मिस नेपाल नर्थ अमेरिका बिश्वभरिका नेपाली समुदायमा मात्र नभई अन्य समुदायमा पनि त्यतिकै लोकप्रिय तथा स्थापित प्रतियोगिता बन्न सफल भएको छ । यत्र तत्र सर्वत्र चर्चाको शिखरमा पुग्न सफल यस प्रतियोगितालाई अत्यन्तै उच्च सम्मान तथा व्यावसायिक प्रतियोगिताको रुपमा हेरिन्छ । स्थापना काल देखि नै व्यवसायिकताको परिचय दिदै बिगतका सबै प्रतियोगिताहरु उत्तिकै उत्साहजनक तथा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

सदिक्षा श्रेष्ठ

यस सुन्दरी प्रतियोगितामा नेपालका पूर्व नेपाल सुन्दरी शृंखला खतिवडा ,पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ, कलाकार प्रियंका कार्की लगायत ख्यातीप्राप्त थुप्रैले प्रतियोगितामा निर्णायक (जज)को भूमिका निर्वाह गरि सकेका छन् ।

साथै उनीहरुले प्रतियोगीहरुलाई समेत बिशेष उत्प्रेरणा तथा तालिम दिई हौशला समेत दिई प्रतियोगीहरुको मनोवल उच्च पार्ने काममा कुनै कसर नछोडी आफूमा रहेको ज्ञान र शिप समेत साझा( शेयर)गरेका छन् ।

गत बर्ष मिस नेपाल नर्थ अमेरिका २०२३ जुबली शेर्पा भएकी थिइन् । अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगितामा आफ्ना १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि उनले आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् । प्रतियोगिताको प्रथम उपबिजेता रजिला बास्तोला र द्वितीय उपबिजेता ईशा सुवेदी भएकी थिइन् ।

प्रिया रानी लामा

मिस पपुलर २०२४ अर्थात् लोकप्रिय सुन्दरी २०२४ को लागि मतदान बिधुतिय रुपमा प्रारम्भ गरिएको छ । यस बर्ष देखि अन्तिम समापन समारोह(ग्राण्ड फिनाले )को को लागि सिधै १० जना मनोनित हुनेछन् ।

बिगत बर्ष झैँ यस बर्ष पनि मिस नेपाल नर्थ अमेरिकाको लागि २०१० की नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफरको भूमिका निर्वाह गर्ने भएकी छिन् । त्यस्तै प्रशिक्षक तथा उपादेशक (मेन्टर तथा र्याम्प वाक ट्रेनर )को रुपमा २०१९ की मिस कस्मोपोलिटन प्रिया रानी लामाले गर्ने छिन ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला : https://www.missnepalnorthamerica.com/

प्रतिक्रिया