यमन हुथी विद्रोहीद्वारा आक्रमण गरेको दोस्रो जहाज लाल सागरमा डुब्यो

इनेप्लिज २०८१ असार ५ गते २३:०३ मा प्रकाशित

यमनका हुथी विद्रोहीहरूले आक्रमण गरेपछि बुधबार लाल समुद्रमा पोतभार (कार्गो )जहाज डुबेको सिविएस न्यूजले जनाएको छ ।

आक्रमणमा एक नाविकको मृत्यु भएको विश्वास गरिएको एसोसिएटेड प्रेसले समाचार लेखेको छ । यो अन्तर्राष्ट्रिय जहाजहरु माथी हुथीहरूले गरेको दोस्रो घातक आक्रमण हो ।

लाइबेरियन-झण्डा भएको जहाज हुथी आक्रमणको कारण डुब्ने यो दोश्रो जहाज हो । पहिलो जहाज गत मार्चको शुरुमा एउटा क्षेप्यास्त्रले प्रहार गरेको बेलायती स्वामित्वको जहाज रहेको थियो।

उक्त आक्रमणमा कोही पनि मारिएनन तर जहाज डुवेको थियो।

गत मार्चमा अडेनको खाडीमा अर्को व्यावसायिक जहाजमा हुथी क्षेप्यास्त्र आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।

प्रतिक्रिया