मेक्सिकोमा ४ महिला तथा २ बालबालिकाको हत्या, हत्याराहरुको व्यापक खोजी

इनेप्लिज २०८१ जेठ ३० गते २२:५२ मा प्रकाशित

मेक्सिकोमा ४ महिला तथा २ बालबालिकाको हत्या भएको छ । प्रहरीले हत्याराहरुको व्यापक खोजी गरि रहेको मेक्सिको प्रहरीले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले मंगलबार बताए अनुसार अनुसन्धानकर्ताहरूले मध्य मेक्सिकोमा चार महिला तथा दुई बालबालिकाको हत्याको खोजी गरिरहेको बताए ।

गुआनाजुआटो राज्यको औद्योगिक शहर लियोनमा आइतबार हत्या भएको थियो जहाँ लागूऔषध गिरोहहरु वर्षौंदेखि उक्त क्षेत्रमा रक्तपात गरि रहेको सिविएसन्यूजले जनाएको छ ।

गुआनाजुआटो राज्यका गभर्नर डिएगो सिन्ह्यु रोड्रिग्जले सुरक्षा क्यामेरा( चित्रग्राहिणी) श्रव्यदृश्य( फुटेज)मा राष्ट्रिय सुरक्षाकर्मी अधिकारीहरूले कथित हत्याराहरू एउटै घरमा प्रवेश गर्नु अघि “अनुमति बिना सम्पत्ति” प्रवेश गरेको देखाएपछि अनुसन्धानको लागि आह्वान गरेका छन ।

हत्या हुनुभन्दा पाँच मिनेटअघि नै नेसनल गार्ड( सुरक्षाकर्मी अधिकारी)का पाँच जना अधिकारीहरुलाई छिमेकमा देखाएको छ।

पाच मिनेट पछि चार पुरुषहरूको समूह घरमा आइपुगेको देखिन्छ, जहाँ केही समयपछि स्थानीयहरूले बन्दुकको आवाज सुनेको समाचारमा जनाइएको छ ।

मेक्सिकोको गुआनाजुआटो राज्यको लियोनमा आइतवार राति आठ महिनाको बच्चा तथा दुई वर्षीय बालकसहित एकै परिवारका छ जना सदस्यको हत्या भएको घटनास्थलमा गुआनाजुआटो मन्त्रालय इकाईका प्रहरी सदस्यहरू आइपुगेका छन्।

स्थानीय प्रहरीका अनुसार छ जनाको ज्यान गएको घरमा विभिन्न हतियारका गोला फेला परेको छ ।

त्यहा दुई जना छतमा लुकेको कारण ज्यान बाचेको गभर्नरले बताए ।

प्रतिक्रिया