इजरायली आक्रमणपछि दक्षिणी रफाहमा मात्रै १ लाख मानिसहरु बाँकी रहेको संयुक्त राष्ट्रसंघीय निकायको तॅथ्याक

इनेप्लिज २०८१ जेठ २६ गते १२:०४ मा प्रकाशित

इजरायली आक्रमणपछि दक्षिणी रफाहमा मात्रै १ लाख मानिस बाँकी रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको एजेन्सी( सॅस्था)का अनुसार लगभग सबै आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूले गाजाको दक्षिणी शहर रफाह छोडेका छन्।

युएनआरडव्लुएद्वारा सामाजिक सॅजालमा शनिबार प्रकाशन  गरिएको अध्यावधिक अनुसार जुन ५ सम्म मात्र १,००,००० मानिसहरू अझै पनि क्षेत्रमा रहेका छन्।

रफाहमा सबै युएनआरडव्लुएका आश्रयहरू पनि खाली गरिएको छ।

कम्तिमा १२ लाख विस्थापित प्यालेस्टाइनीहरू गाजामा अन्यत्र लडाइँबाट भागेका छन्। 

इजरायलले रफाहमा आफ्नो आक्रमण जारी राख्दैइजरायलले यस हप्ताको सुरुमा मध्य गाजामा नयाँ सैन्य कारबाही सुरु गरेको छ ।

मध्य गाजाको नुसेरातमा युएनआरडव्लुएद्वारा सञ्चालित विद्यालयमा भएको आक्रमणमा केही दिनअघि दर्जनौं मारिएका थिए। त्यहाँ करिब ६ हजार मानिसले आश्रय लिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया