फ्रान्सेली संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोप अब शान्तिको महादेश नरहेको बताए ।
जेलेन्स्कीले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको जग बसाल्ने फ्रान्समा मित्र राष्ट्रको आक्रमणको ८० वर्षपछि युरोपमा फासीवादको पुनरागमनको चेतावनी दिए।
“दुर्भाग्यवश, हामी त्यस्तो समयमा बाँचिरहेका छौं जब युरोप अब शान्तिको महाद्वीप छैन। र ,यस्तो समयमा जब नाजीवाद दुर्भाग्यवश पुनरागमन गरिरहेको छ,” जेलेन्स्कीले शुक्रबार पेरिसमा फ्रान्सेली राष्ट्रिय सभालाई भने।
जेलेन्स्कीले बिहीबार उत्तरपश्चिम फ्रान्सको नर्मन्डीमा डी-डे ( डि-दिवस)को ८० औं वार्षिकोत्सव मनाउन अन्य विश्व नेताहरू र पूर्व सैनिकहरुको भेलामा सामेल भएका छन , उता रूसले युक्रेनमा आक्रमण गरिरहेको छ ।
युरोपमा फेरि एक पटक, शहरहरू पूर्ण रूपमा ध्वस्त भइरहेका छन् र गाउँहरू जलाइएको छ।
युरोपमा फेरि एक पटक निर्वासन शिविरहरू देखा पर्दैछन्, जेलेन्स्कीले शुक्रबार फ्रान्सेली सांसदहरूलाई भने।
प्रतिक्रिया