बेरुतस्थित अमेरिकी दूतावास नजिकै गोली प्रहार

इनेप्लिज २०८१ जेठ २३ गते १०:५२ मा प्रकाशित

बेरुतस्थित अमेरिकी दूतावास नजिकै गोली प्रहार भएको छ । “अमेरिकी दूतावासको प्रवेशद्वार नजिकै बन्दुकको आवाज सुनिएको थियो,” अधिकारीहरूले भने।

अधिकारीहरूले भने “हाम्रो टोली सुरक्षित छ।”

“अनुसन्धान भइरहेको छ र हामी कानून प्रवर्तन(सुरक्षा निकाय)सँग नजिकको सम्पर्कमा छौं,” दूतावासका अधिकारीहरूले सामाजिक संजाल मार्फत जानकारी गराए ।

स्थानीय समय अनुसार बिहान ८:३४ मा “साना हतियार” बाट गोली चलेको सुनिएको दूतावासले जनाएको छ।

कथित रूपमा गोली चलाउने व्यक्ति घाइते भएको र उपचारको लागि अस्पताल लगिएको लेबनानी सेनाले आफ्नो आधिकारिक सामाजिक संजाल (सोशल मिडिया) खातामा अरबीमा भाषामा प्रकाशन गरेको छ । उक्त व्यक्ति सिरियाली नागरिक भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया