तिम्रो आवाज मलाई
मन्दिरमा बज्ने घण्टी झै लाग्छ
तिम्रो मुहार मलाई
त्यही मन्दिरभित्रको भगवानरुप झै लाग्छ॥
यो एकोहोरो प्रेम मेरो मात्रै कि तिम्रो पनि
बोझिलो महशुस गर्दैछु तिमीलाई मेरो उपस्थिती
सुनेको थिए भगवानलाई भक्त बोझ लाग्दैन
बिस्तारैबिस्तारै तिमी फेरिदा आतिएको छ यो मन॥
समुन्द्र झै विशाल तिम्रो ह्रदयबाट
थोरै मायाको भाग मागेको न हुं
तिम्रा आफ्नालाई दिएर बंचेको
त्यही रहलपहलको त आशा न गरेको हुं॥
सबैलाई मायाले तृप्त बनाउने तिमी
संसारबाट किन भगाउदै छौ आफ्नै पागल प्रेमी?
आज आभाष भयो म त निकै पछि परेछु
तिम्रो दिर्घायुको कामनामा आफ्नै चिता सजाइसकेछु॥
बाबा राजेश्वरी थापा
भियना, अष्ट्रिया
प्रतिक्रिया