पुटिन र सी बीच चीनमा भेटघाट ,युक्रेनको विषयमा अनौपचारिक वार्ता गर्ने

इनेप्लिज २०८१ जेठ ३ गते १०:५८ मा प्रकाशित

चीनले युक्रेनको राजनीतिक समाधान ‘सही दिशा’ भएको बताएको छ ।

बिहीबार बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि चिनियाँ नेता सी जिनपिङले भने, “युक्रेन मुद्दाको राजनीतिक समाधान सही दिशा हो भन्नेमा दुवै पक्ष सहमत छन्।”

यस मुद्दामा चीनको अडान निरन्तर र स्पष्ट रहेको छ, जसमा संयुक्त राष्ट्र संघको बडापत्र र सिद्धान्तहरूको पालना, प्रत्येक देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान, प्रत्येक पक्षको वैध सुरक्षा सरोकारको सम्मान र सन्तुलित, प्रभावकारी र सन्तुलित र प्रभावकारी निर्माण गर्ने समावेश छ ,सीले भने।

उनले अगाडी भने “चीनले छिट्टै युरोपमा शान्ति र स्थायित्वको आशा गर्दछ र रचनात्मक भूमिका खेल्न जारी राख्छ।”

शीले “शीतयुद्धको मानसिकता अझै कायमै छ” र हरेक देशको सुरक्षालाई यसले खतरामा पार्ने भन्दै दुःख व्यक्त गरेको सिएनएनले जनाएको छ ।

सी जिनपिङ र पुटिनले युक्रेनमा रुसी सेनाको अग्रसरता बढ्दै गएको देखाउँदै बेइजिङमा आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने वाचा गरेका छन्।

सीले दुई देशको गहिरो सम्बन्धको प्रशंसा गरे । सीले बेइजिङको ग्रेट हल अफ द पिपुलमा पूर्ण सैन्य उपस्थितिका साथ पुटिनलाई स्वागत गरेका थिए । पुटिनको चीन दुई दिने राजकीय भ्रमण हो ।

पुटिनले आफू र चिनियाँ नेता सी जिनपिङले बिहीबार साँझ अनौपचारिक वार्तामा युक्रेन युद्धबारे छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया