स्लोभाकियाका लोकप्रिय प्रधानमन्त्री रोबर्ट फिकोलाई बुधबार गोली प्रहार गरिएको छ । उनको ज्यान जोखिममा रहेको सिविएसन्यूजले जनाएको छ ।
राजधानी ब्राटिस्लाभाबाट करिब ९० किलोमिटर उत्तरपूर्वमा रहेको ह्यान्डलोभा शहरमा फिको सरकारी बैठकबाट बाहिरिएपछि गोली हानाहान भएको हो ।
स्लोभाकका विदेशमन्त्री जुराज ब्लानरले सामाजिक सञ्जालमा यसलाई हत्याको प्रयास भनेका छन्। एक संदिग्धलाई घटनास्थलमा हिरासतमा लिईएको छ । फिकोलाई पहिले गाडीबाट र त्यसपछि उदग्रविमान(हेलिकप्टर)बाट क्षेत्रीय अस्पतालमा लगिएको थियो ।
संसदका उपसभामुख लुबोस ब्लाहाले संसदको सत्रमा घटनाको पुष्टि गर्दै अर्को सूचना नभएसम्मका लागि व्यवस्थापिकाको बैठक स्थगित गरेको स्लोभाक समाचार सॅस्थाले जनाएको छ।
प्रतिक्रिया