गाजामा संयुक्त राष्ट्रसंघका एक कार्यकर्ताको अस्पताल जाँदै गर्दा आक्रमणमा परि मृत्यु भएको छ । यो घटना हुने बित्तिकै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले पूर्ण छानबिन गर्न आह्वान गरेका छन् ।
गाजामा सोमबार संयुक्त राष्ट्र संघका एक कार्यकर्ताको गाडीमा आक्रमण हुँदा उनको मृत्यु भएको र अर्का एक जना घाइते भएको संगठनले जनाएको छ ।
संयुक्त राष्ट्र संघको सुरक्षा र सुरक्षा विभागका कर्मचारीहरू रफाहको युरोपेली अस्पतालमा जाँदै गर्दा उनीहरू चढेको संयुक्त राष्ट्रको गाडीलाई आक्रमण गरिएको थियो, संयुक्त राष्ट्र संघले बिज्ञप्तिमा जनाएको छ ।
एबिसीन्यूजका अनुसार घटनाको विस्तृत विवरण तत्काल उपलब्ध हुन सकेको छैन भने संयुक्त राष्ट्रले अझै पनि जानकारी सङ्कलन गरिरहेको बताएको छ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले पूर्ण छानबिन गर्न आह्वान गरेका छन्, उनका प्रवक्ताले भने।
“मानवीय कामदारहरूलाई सुरक्षित राख्नुपर्छ,” गुटरेसले सामाजिक संजाल एक्समा प्रकाशन(पोष्ट ) गरेका छन् । “म संयुक्त राष्ट्रका कर्मचारीहरूमाथि भएका सबै आक्रमणको निन्दा गर्दछु र तत्काल मानवीय युद्धविराम र सबै बन्धकहरूको रिहाइको लागि म तत्काल अपील दोहोर्याउँछु।”
गुटेरेसका अनुसार गाजामा अक्टोबर ७ देखि १९० भन्दा बढी संयुक्त राष्ट्रका कर्मचारी मारिएका छन्।
प्रतिक्रिया