मेक्सिको शहरको छेउमा रहेको मोरेलोस राज्यमा एक सप्ताहन्तमा गोली चल्दा आठ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
राजधानीलाई पर्यटकीय शहर कुएर्नाभाकासँग जोड्ने राजमार्गमा रहेको हुइजिलाक नगरपालिकामा शनिबार आक्रमण भएको हो।
चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरेलोस अभियोजकको कार्यालयले जनाएको छ।
पीडितमध्ये सात जनाको उमेर २९ देखि ५० वर्षसम्म रहेको छ भने आठौं पीडितको तत्काल सनाखत हुन नसकेको सिविएसन्जूजले जनाएको छ ।
सबै आठ शवलाई अदालती( फोरेन्सिक) चिकित्सा सेवा सुविधामा सारिएको छ भने गोलाबारीको अनुसन्धान जारी रहेकोअधिकारीहरूले बताएका छन ।
प्रतिक्रिया