रुसमा पक्राउ परेका अमेरिकी सैनिकद्वारा अदालतलाई हिरासत पुनर्विचार गर्न आग्रह

इनेप्लिज २०८१ वैशाख ३१ गते १०:५६ मा प्रकाशित

रुसमा पक्राउ परेका अमेरिकी सैनिकले अदालतलाई हिरासतमा पुनरावेदन (पुनर्विचार)गरेको रुसी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

गोर्डन ब्लाक नामक एक अमेरिकी सेनाको लागि वकिल राखिएको रुसी सरकारी संचार माध्यम टासले बताएको छ ।

रुसमा पक्राउ परेका अमेरिकी सेनाका सिपाही गोर्डन ब्लाकका लागि नियुक्त एक वकिलले हिरासतमा अपील गरेका छन्।

ब्लाकलाई यस महिनाको सुरुमा रुसको भ्लादिभोस्टोकमा आपराधिक दुर्ब्यबहार आरोपमा पक्राउ गरिएको अमेरिकी सेनाले जनाएको छ।

दुई अमेरिकी अधिकारीहरूले गत हप्ता एबीसी न्यूजलाई दिएको जानकारीमा ब्लाकलाई अस्थायी बिदामा जानु अघि दक्षिण कोरियामा तैनाथ गरिएको थियो। अधिकारीहरुका अनुसार उनलाई रुसको यात्राको अनुमति नदिएको एबिसीन्यूजले जनाएको छ ।

ब्लाक आफ्नो प्रेमिकालाई भेट्न रूस गएका थिए। भ्लादिभोस्तोक रूसको सुदूर-पूर्वी प्रिमोर्स्की क्षेत्रको एउटा बन्दरगाह शहर हो, जुन उत्तर कोरियासँगको देशको सिमानामा अवस्थित छ।

प्रतिक्रिया