रुसले युक्रेनको सिमानामा रहेका खार्किभका पाँचवटा सीमावर्ती गाउँ कब्जा गरेको दाबी गरेको छ ।
रुसको सेनाले युक्रेनको सिमानामा रहेको खार्किभ क्षेत्रका पाँचवटा गाउँलाई नयाँ आक्रमणको एक भागको रूपमा कब्जा गरेको दाबी गरेको छ। तर युक्रेनी अधिकारीहरूका अनुसार लडाई जारी रहेको बताएको छन् ।
रुसले गत शुक्रबार उत्तरी युक्रेन भित्र दुईवटा आक्रमण गर्दै शुक्रबार सीमापार आक्रमण सुरु गरेको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको “प्रतिआक्रामक कारवाहीहरूको नयाँ लहर” भनि दाबी गरे ।
रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा सेभर (उत्तर) नामको नयाँ सैन्य समूहले धेरै गाउँहरू “मुक्त” गरेको दाबी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “आक्रामक कारवाहीको परिणाम स्वरूप सेभर बल समूहका इकाइहरूले बोरिसोभका, ओगुर्तसोभो, प्लेटेनेभका, पिल्नाया र स्ट्रेलेच्यालाई मुक्त गरेका छन्,” रुसी सेनाले डोनेट्स्क क्षेत्रको केरामिक गाउँ पनि कब्जा गरेको विज्ञप्तिमा उल्लेख छ।
युक्रेनी सेनाले यस बीचमा रुसी आक्रमणलाई रोक्ने प्रयास जारी राखेको र उत्तरी खार्किभ क्षेत्रबाट सयौं युक्रेनी नागरिकलाई बाहिर निकालिएको बताए।
खार्किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख युक्रेनका ओलेह सिनेहुबोभले शनिबार एक विज्ञप्ति जारी गर्दै खार्किभ क्षेत्रका पाँचवटा गाउँहरू कब्जामा लिएको कुरामा विवाद गरेको सिएनएनले उल्लेख गरेको छ ।
“स्ट्रिलेचा, पाइलिना, बोरिसिभका, ओलिनिकोभ र ओहिरत्सेवे क्षेत्रमा भारी लडाई जारी छ। खार्किभको लागि भूमिगत कारवाहीको कुनै खतरा छैन। रक्षा बलहरूले आफ्नो स्थिति कायम राख्न सक्दो प्रयास गरिरहेका छन्। सबै सरकारी सँस्थाहरू जमिनमा काम गरिरहेका छन्, “सिनेहुबोभले भने।
खार्किभ क्षेत्रमा रातभरी रुसी आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको यस क्षेत्रको सैनिक प्रशासन प्रमुखले बताए ।
प्रतिक्रिया