बन्दुकधारीहरूले नाइजेरियाको उत्तरी भागमा विद्यालयलाई लक्षित गरी पछिल्लो हमलामा ९ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।
उत्तरी नाइजेरियाको कोगी राज्यको एक विद्यालयबाट बन्दुकधारीले कम्तीमा नौ जना विद्यार्थीलाई अपहरण गरेको एबिसीन्यूजले जनाएको छ ।
अधिकारीहरूले शुक्रबार बताए अनुसार यो वर्ष द्वन्द्वग्रस्त क्षेत्रमा विद्यालयहरूलाई लक्षित गरी अपहरणका घटनाहरू बीच यो तेस्रो अपहरण हो ।
आक्रमणकारीहरूले देशको राजधानी अबुजाको छिमेकी कोगी राज्यको कन्फ्लुएन्स युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी(बिज्ञान तथा प्रविधि बिश्वबिद्यालय)मा आक्रमण गरे र सुरक्षा बलहरू आइपुग्नु अघि विद्यार्थीहरूलाई उनीहरूको कक्षाकोठाबाट बाहिर लागेका थिए ।
राज्यले अपहरणकर्ताहरूलाई पत्ता लगाउन र अपहरणमा परेका विद्यार्थीहरूको उद्धार र अपहरणकारीहरूलाई पक्रन सुनिश्चित गर्न सुरक्षा संरचना सक्रिय गरिएको अधिकारीहरुले बताएका छन् ।
२०१४ मा इस्लामिक अतिवादीहरूले उत्तरपूर्वी चिबोक गाउँबाट २०० भन्दा बढी बिद्यालयका छात्राहरूलाई अपहरण गरेपछि नाइजेरिया राष्ट्रले धेरै सामूहिक विद्यालय अपहरणसँग संघर्ष गरिरहेको छ। यो क्रम रोकिएको छैन । बारम्बार यसको शिकार भै रहेको छ ।
कम्तिमा १,४०० नाइजेरियाली विद्यार्थीहरू उनीहरूको विद्यालयबाट अपहरणमा परेका छन । गत मार्चमा उत्तरी कादुना राज्यको कुरिगा शहरको बिद्यालयबाट अपहरण गरिएका कम्तीमा १३० बालबालिकाहरू पनि समावेश छन्। झन्डै १०० चिबोक बालिकाहरू सहित केही अझै पनि बन्धकमा छन्।
प्रतिक्रिया