बाइडेन प्रशासन अझै पनि हमास र इजरायल बीच चलिरहेको युद्धविराम वार्ताको पक्षमा रहेको अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले गत बिहीबार पत्रकारहरूलाई भने।
मिलरले जोड दिदै भने हमास युद्धविरामको लागि “एकमात्र बाधक ” हो । संसार इजरायलीहरूको प्रस्तावमा उनीहरूको प्रतिक्रियाको लागि पर्खिरहेको छ।
“अहिले युद्धविराम रोक्ने हमासको हातमा छ, किनभने तिनीहरूले इजरायलको प्रस्तावको जवाफ रोकी रहेका छन्,” उनले भने। उनीहरुले पहल गरेमा युद्धविराम गाजामा सम्भावना छ र प्यालेस्टिनी जनताको पीडा कम गर्न मद्दत गर्नेछ ,उनले भने ।
प्रतिक्रिया