अमेरिकी सेनाले इरानका ७० भन्दा ज्यादा मानवरहित युद्धयान (ड्रोन )र कम्तिमा ३ वटा प्राक्षेपिक क्षेप्यास्त्रलाई रोक्यो

इनेप्लिज २०८१ वैशाख २ गते १२:२६ मा प्रकाशित

अमेरिकी सेनाले इरानका कम्तिमा पनि ७० वटा मानव रहित यान( ड्रोन )र कम्तिमा तीन वटा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल)लाई रोकेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी सेनाले इरानले इजरायलमा गरेको आक्रमणको क्रममा ७० भन्दा बढी एकतर्फी आक्रमण मानव रहित यान (ड्रोन )र कम्तिमा तीन वटा प्राक्षेपिक क्षेप्यास्त्र( ब्यालिस्टिक मिसाइल)हरूलाई स्थितिसँग परिचित दुई अमेरिकी अधिकारीहरूले बताए।

प्राक्षेपिक क्षेप्यास्त्रहरू पूर्वी भूमध्यसागरमा युद्धपोतहरूले रोकेका थिए, एक अधिकारीले भने। इरानले इजरायलमा जम्मा १०० भन्दा बढी प्राक्षेपिक क्षेप्यास्त्र( (ब्यालिस्टिक मिसाइल )प्रहार गरेको एक वरिष्ठ प्रशासनिक अधिकारीले बताए।

सिएनएनका अनुसार अमेरिकी नौसेनासँग हाल त्यस क्षेत्रमा दुई वटा विध्वंसक(डेसट्रोयर्स )हरू छन्, दुबै निर्देशित क्षेप्यास्त्र विनाशकहरू हुन् जसले क्षेप्यास्त्र र मनाव रहित यान (ड्रोन) प्रक्षेपणलाई रोक्न सक्षम छन्।

अमेरिकी लडाकु विमानहरू पनि शनिबार इरानको आक्रमणको प्रतिक्रियाको रुपमा एक हिस्सा थिए र इजरायलतर्फ प्रक्षेपित मानव रहित यानहरू खसालेका थिए, अर्को अमेरिकी अधिकारीले सीएनएनलाई भने।

प्रतिक्रिया