वानाको द्वैमासिक स्वास्थ्य शिविर सम्पन्न

इनेप्लिज २०८० चैत २६ गते १:३७ मा प्रकाशित

बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका(बाना)को आयोजनामा द्वैमासिक स्वास्थ्य शिविर कार्यक्रम विमा विहिन जनसमुदायलाई लक्षित गरि अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवश एवं नेपाली नयाँ बर्षको सेरोफेरो पारेर शुरु गरिएको छ।

बानाको आफ्नै भवनमा आयोजना गरिएको आजको स्वाश्थ्य शिविरमा करिव ४५ जना विरामीहरु लाभान्भित भएका थिए।

विरामीको वजन, ब्लडप्रेसर(रक्तचाप) ,मधुमेय (सुगर)जाँच तथा A1C (ए वानसी)आदि परिक्षण गरि दीर्घ रोग एवं जटिलता रोकथाम गर्नमा केन्द्रित यो शिविरमा विमा विहिनहरुलाई औषधीको प्रेस्क्रिप्सन (पूर्जी)दिने कार्य पनि गरिएको छ ।

लायन्स क्लबको संयोजनमा भिजन तथा हिअरिङ्ग (दृष्टि र श्रवण )परिक्षण गरिएको थियो।

आजको पहिलो शिविरमा स्थानिय जनप्रतिनिधी एवं संघ/संस्थाको प्रतिनिधीहरुको छोटोमिठो उपस्थितिमा बानाका अध्यक्ष सुबोध पन्तद्वारा उद्घाटन गरिएको थियो भने परिकल्पनाकार स्वयमसेवी स्वास्थ्यकर्मीहरुको परिचय गराइएको थियो।

आगामी कार्यक्रम जुन २ तारिख आइतबार हुनेछ। स्वास्थ्य नेपाली समाजको निर्माण स्वास्थ्य व्यक्तिबाट नै सम्भव हुने हुनाले यस्ता जनमुखी नि:शुल्क स्वाश्थ्य शिविरबाट लाभान्वित हुन बानाले अनुरोध गरेको छ।

प्रतिक्रिया