इजरायली सेनाद्वारा लेबनानमा भएको हवाई हमलामा हेजबुल्लाह क्षेप्यास्त्र ईकाईका उप सेनापति मारेको दाबी

इनेप्लिज २०८० चैत १६ गते २२:५३ मा प्रकाशित

इजरायली सेनाले शुक्रबार लेबनानमा भएको हवाई हमलामा हेजबुल्लाह क्षेप्यास्त्र इकाई उप सेनापति मारेको दाबी गरेको छ ।

इजरायल रक्षा बलका अनुसार अली अबेद अख्सान नइम हेजबुल्लाहको प्रक्षेपास्त्र (रकेट )र क्षेप्यास्त्र इकाई (मिसाइल युनिट)का उप-सेनापती दक्षिणी लेबनानको बाजोउरी क्षेत्रमा भएको हवाई आक्रमणमा मारिएका छन् । हेजबुल्लाहले शुक्रबार एक विज्ञप्तिमा उनको मृत्युलाई आफ्नो नाम तथा उपाधि नदिई स्वीकार गरेको सिएनएनले जनाएको छ ।

आइडीएफका अनुसार उनी हेजबुल्लाहमा महत्त्वपूर्ण स्रोत र क्षेप्यास्त्र क्षेत्रका एक नेता भएको जनाएको छ । इजरायली नागरिकहरू विरुद्ध आक्रमण गर्ने र योजना बनाउने जिम्मेवार” इरानी समर्थित मिलिशियाका नेताहरू मध्ये एक भएको उल्लेख गरेको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए ) ले शुक्रबार बाजोरीये नजिकै एउटा सवारी साधन (कार)मा मानवरहित यान (ड्रोन )हमला गरेको विवरण दिएको छ । आक्रमणमा परी दुई जनाको पहिचान खुल्न नदिई मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया