अमेरिकाको ओहायोमा प्रेमीद्वारा अपहरणमा परेकी किशोरी सुरक्षित फेला, संदिग्ध हिरासतमा

इनेप्लिज २०८० चैत १० गते २२:४७ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यमा प्रेमीले अपहरण गरेकी किशोरी सुरक्षित फेला परेको एबिसीन्यूजले जनाएको छ । प्रहरीका अनुसार संदिग्धलाई हिरासतमा लिइएको छ ।

किशोर प्रेमीले अपहरण गरेको आफ्नी १५ वर्षीया प्रेमिका सुरक्षित फेला परेकी छिन् । ]केली कोपलाई उनको आमाले शनिबार बिहान बेपत्ता भएको खबर गरेकी थिइन्।

साथै चेतावनी तथा संबेदनशील घन्टी ( एम्बर अलर्ट) समेत बजाईएको थियो । प्रहरीले ओहायोको ग्रोभ सिटी(नगर)की १५ वर्षीया केली कोपको १७ वर्षीय प्रेमी जेफरी गिमेनेजले अपहरण गरेको प्रहरीले बताए ।

प्रहरीका अनुसार गिमेनेजले कथित रूपमा केही घण्टा अघि हातमा बन्दुक समातेको श्रब्यदृश्य (भिडियो )सामाजिक संजालमा प्रकाशन गरेका थिए ।ग्रोभ सिटी(शहर)प्रहरीका अनुसार कोपको आमा, हेथर जोग्लेम्यानले शनिबार बिहान ६ बजेतिर कोपले आफ्नो घर छोडेपछि कोपसंग सम्पर्क गर्न असमर्थ भए पछि उनी हराएको विवरण दिएकी थिइन् ।

कोप गिमेनेजसँग रहेको प्रहरीले थाहा पाए पछि उनको प्रहरीले खोजी गरेको थियो । घटनामा संलग्न रहेको आशंकामा चोरीको गाडी प्रहरीले बरामद गरेको छ । गिमेनेजले कोपलाई राति ११:३० बजे बजेतिर शुक्रबार लगेका थिए । गिमेनेजलाई लुटपाट र जघन्य अपहरणको लागि पक्राउ पूर्जी जारी गरिएको थियो ।

तस्बिर कृतज्ञता : ग्रोब सिटी ओहायो प्रहरी

प्रतिक्रिया