अमेरिकाले हवाईजहाजबाट गाजामा थप मानवीय खाद्यान्न तथा पानी बितरण गरेको जनाएको छ ।
अमेरिकाले शनिबार उत्तरी गाजामा अर्को मानवीय सहायता हवाई जहाजबाट सञ्चालन गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ।
अमेरिकाले ४१,४०० भन्दा बढी खाना र २३,००० सिसीको पानी आपूर्ति गरेको सेन्टकमले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
गाजामा मानवीय संकट अझ झन् बिकराल हुदै गएको छ । प्यालेस्टाइनीहरू भोकमरी र तिर्खाको कारण कारण मृत्यु नहोस् भन्दै बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराउदै आएको छ ।
राष्ट्रपति जो बाइडेनले यस हप्ता अमेरिकाले गाजामा नयाँ बन्दरगाह निर्माण गर्ने र मानवीय सहायता पुर्याउन सहयोग पुर्याउने योजना समेत घोषणा गरि सकेका छन् । तर बन्दरगाह सञ्चालनमा आउन अझै केही साता लाग्ने सिएनएनले जनाएको छ ।
गाजामा काम गर्ने मानवीय संस्थाका अधिकारीहरूले अमेरिकी सहायता प्रयासहरू अपर्याप्त भएको आलोचना गरेका छन् ।
प्रतिक्रिया