सामाजिक सॅजाल फेसबुक, इन्स्टाग्राम र थ्रेडमा गढबढ,अवरोध, तर समस्या समाधान 

इनेप्लिज २०८० फागुन २२ गते १९:३६ मा प्रकाशित

सामाजिक सॅजाल फेसबुक, इन्स्टाग्राम र थ्रेड केही समयको लागि गढबढ र अवरोध भएको तर समस्याको समाधान भएको मेटाले जनाएको छ ।

मंगलबार हजारौं प्रयोगकर्ताहरूले चलाउन पाएनन । तर पछि छोटो समय मै यस्को समाधान गरिएको छ ।

५ लाख  फेसबुक प्रयोगकर्ताहरूले मंगलबार बिहान पूर्वी समयमा आफ्नो खातामा समस्या आएको र प्रयोग गर्न नसकेको सूचना दिएको सिएनएनले जनाएको छ ।

 करिब ५० हजार इन्स्टाग्राममा र अर्को १० सामाजिक सॅजाल फेसबुक मेसेन्जर( सन्देश) आदान प्रदान गर्न नसकेको सूचना मेटालाई जानकारी गराएका थिए ।

केही प्रयोगकर्ताहरूले प्रयोग गर्न कोसिस गर्दा आफ्नो  खाताबाट आफै हटेका थिए । गढबढ भए पछि सबै आश्चर्यमा परेका थिए ।

प्रतिक्रिया