अमेरिकालको क्यालिफोर्निया राज्य र वरपर शक्तिशाली हिमपातको कारण सडकहरु अबरुद्ध र बन्द भएका छन् । ६५ लाख मानिसहरु जाडो मौसमको सतर्कतामा रहेका छन् ।
सिएनएनका अनुसार ६.५ अर्थात् ६५ लाख मानिसहरु पहाडी पश्चिम इलाकाका वासिन्दाहरु जाडो मौसम सतर्कता अन्तर्गत छन् । त्यस्तै सिएरा नेभादाका मा पनि हिमपात चेतावनी अझै प्रभावकारी रहेको छ ।
सिएरा नेभादामा ब्यापक हिमपात र जमिन जताततै सेताम्बे देखिएको छ । हिउँले नेभादा राज्य नजिकको अन्तरराज्यीय राजमार्ग ८० कम्तिमा पनि ७० माइल खण्ड एक दिन भन्दा बढीको लागि बन्द गरिएको छ ।
हालसम्म क्यालिफोर्नियाको सोडा स्प्रिङ्समा ४२ इन्च र क्यालिफोर्नियाको ट्रकीमा शनिबार दिउँसो ४५ इन्च हिउँ परेको छ । कम्तिमा पनि २०० देखि ३०० सवारी साधनहरू रोकिएका थिए ।
राजमार्गका अधिकारीहरूलाई शुक्रबार राति राजमार्गमा फसेका चालकहरूले जानकारी गराए पछि उक्त कदम चालिएको हो । अत्यधिक भारी हिमपात २-६ इन्च प्रति घण्टाको दर र १०० माइल प्रतिघण्टा भन्दा बढीको तेज हावाको कारण सिएरा नेभादमा यात्रा गर्न असम्भव रहेको मौसम पूर्वानुमान केन्द्रले सूचना जारी गरेको छ ।
मौसम सेवाले केन्द्रीय सिएरा क्षेत्रको सेरोफेरोमा आइतवार दिउँसोसम्म हिमपहिरोको खतरा “उच्च देखि चरम” को चेतावनी दिएको छ।
आइतवार ढिलो सम्म सिएराको चुचुरोमा ५-१२ फिट हिउँ पर्ने पूर्वानुमान गरिएको छ । हावाहरूले रूखहरू र बिजुलीका खम्बा पावरहरू ढाल्न सक्ने भएकोले व्यापक बिजुली कटौती हुने समेत सूचना जारी गरिएको छ ।
क्यालिफोर्नियामा आइतवार बिहान १२ हजार भन्दा बढी घर र व्यवसायहरूमा बिद्युतबिच्छेद भएका छन्
प्रतिक्रिया