अमेरिकाको पेन्सिलभेनिया राज्यमा एक २३ वर्षीया गर्भवती महिला रिबेका बायलरको हत्या गर्ने संदिग्धलाई पक्राउ गरिएको छ । प्रहरीले ५२ बर्षिय शान क्र्यान्स्टनलाई पक्राउ गरेको छ भने अहिले उनले धेरै आरोपहरू सामना गरिरहेको जनाईएको छ ।
पेन्सिलभेनिया राज्य प्रहरीले शनिबार बिहान घोषणा गर्दै क्र्यान्स्टन कोरी, पेन्सिल्भेनियाका निवासी भएको बताएको छ । क्र्यान्स्टनले महिलाको टाउकोमा गोली हानेर हत्या गरेको आरोप लगाईएको छ । क्र्यान्स्टनलाई शनिबार बिहान उपस्थित गराइएको थियो र हाल क्रफोर्ड काउन्टी कारागारमा धरौटी बिना नै राखिएको छ।
यस अघि प्रहरीले रिबेका बायलर नामक महिलाको मृत्युको बारेमा “आक्रामक रूपमा अनुसन्धान” गरिरहेको बताएको थियो । गत सोमबार दिउँसो एरीबाट ३५ माईल दक्षिणपूर्वमा स्पार्टा उपनगर (टाउनशिप)को एउटा घरमा हत्याको खबर पाए पछि प्रहरीहरु त्यहा पुगेका थिए ।
प्रहरीहरुले बायलरलाई मृत फेला पारेको पेन्सिलभेनिया राज्य प्रहरीले बताएका थिए । बायलरको मृत्युलाई हत्या मानिएको थियो भने प्रहरीले उपलब्ध सबै सुरागहरूको आक्रामक रूपमा अनुसन्धान गरिरहेको प्रहरीले बताएका थिए ।
प्रतिक्रिया