विपन्न महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै

इनेप्लिज २०७२ भदौ १३ गते २:५२ मा प्रकाशित

chyau_masarumबाँके (खजुरा), १३ भदौ । यहाँका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् ।

सीमान्तकृत समुदायमा सूचीकृत केवट समुदायका महिलाले पछिल्लो समय च्याउ खेतीबाट साँझ÷बिहानको जोहो मात्र हैन आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले समूह नै गठन गरी अहिले व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेका हुन् ।

आर्थिक स्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो मात्र भएको छैन बचत पनि गर्न सघाएको पर्वत महिला लघुउद्यम समूहका कलावती केवटले बताउनुभयो ।

उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेसामा लगाउन चालु आवमा मात्र झन्डै रु दुई करोड लगानी गर्दैछ । त्यसमध्ये च्याउ खेतीका लागि ४८ युवालाई छनोट गरी रु १६ लाख रकम वितरणको तयारी गरिएको छ ।

प्रतिक्रिया