अध्यावधिक गरिएको : अमेरिकाको जर्जिया विश्वविद्यालयमा दौडन गएकी बिद्यार्थीको शव फेला, हत्यामा संलग्न संदिग्ध हिरासतमा

इनेप्लिज २०८० फागुन १२ गते ०:३५ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको जर्जिया राज्यको विश्वविद्यालयमा दौडन गएकी बिद्यार्थीको शव फेला परेको बिद्यालयले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न संदिग्धलाई हिरासतमा लिइएको छ ।

२२ वर्षीया लेकेन रिलेलाई स्पष्ट चोटपटक लागेको अवस्थामा उनको शव भेटिएको विश्वविद्यालयले जनाएको छ। प्रहरी अधिकारीहरूले संदिग्धलाई शुक्रबार पक्राउ गरेका छन् ।

युनिभर्सिटी अफ जर्जियाको एथेन्स क्याम्पस( जर्जिया विश्वविद्यालयको एथेन्स परिसर) मा दौडन गएकी एक महिलाको शवफेला परेको एक दिन पछि हत्याको संदिग्धलाई हिरासतमा लिइएको बिश्वबिद्यालयका अधिकारीहरूले शुक्रबार बताएका छन् ।

यस मामिलासँग सम्बन्धित बिश्वबिद्यालय परिसरमा निरन्तर खतराको कुनै संकेत नभएको विश्वविद्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

उनको एक साथीले उनि दिउँसो बेपत्ता भएको खबर प्रहरीलाई गरेका थिए । उनी त्यो बिहान परिसरको भित्री मैदानमा दौडन गए पछि नफर्किएको विश्वविद्यालयले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

बिश्वबिद्यालयका प्रहरी अधिकारीहरूले पछि उनलाई खेतको छेउमा एउटा पोखरी पछाडिको जंगलमा अचेत अवस्थामा र स्वास नफेरि रहेको अवस्थामा र प्रत्यक्ष चोटपटक भएको अवस्थामा फेला पारेका थिए । प्रहरी अधिकारीहरूले चिकित्सा सहायता प्रदान गर्ने प्रयास गरे तर उनलाई घटनास्थलमै मृत घोषित गरियो।

उनको मृत्युको कारण र तरिका खुलाइएको छैन। उनि अगस्ता बिश्वबिद्यालयको स्वास्थ्य परिचारिकामा अध्ययनरत थिइन् । साथै उनले एथेन्स महाबिद्यालय पढेकी थिइन् त्यो भन्दा पहिले उनि जर्जिया विश्वविद्यालयमा अध्ययन गरेकी एबिसीन्यूजले जनाएको छ ।

हाम्रा एक विद्यार्थी अचानक गुमाउनु साँच्चै हृदयविदारक हो,अगस्ता बिश्वबिद्यालयद्वारा जारी एक विज्ञप्ति भनिएको छ । उनले वुडस्टक, जर्जियाको रिभर रिज उच्च बिद्यालयबाट सन् २०२० मा स्नातक गरेकी थिइन् । उनको दुखद निधन पछि शुक्रबार कक्षाहरू रद्ध गरियो ।

जर्जिया अनुसन्धान बिभाग तथा एथेन्स-क्लार्क काउन्टी प्रहरी विभागले हत्या अनुसन्धानमा सहयोग गरिरहेको विश्वविद्यालय जनाएको छ ।

प्रतिक्रिया