स्वर्गिय दशरथ खालिङ राईको स्मृति तथा श्रद्धाञ्जली सभा न्यूयोर्कमा सम्पन्न

इनेप्लिज २०८० फागुन ९ गते २३:२२ मा प्रकाशित

शेखर राई , न्यूह्याम्पसायर

युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरकी अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी महिला उपाध्यक्ष ममता खालिङ राईको स्वर्गिय वावा दशरथ खालिङ राईको ४५ औं पुण्य तिथीको अवसरमा गत २ फेब्रुवरी २०२४ शुक्रवारका दिन न्यूयोर्क राज्यको एलमर्श स्थित घ्याल्सुम्दो सेवा संस्थाको सभाहलमा “स्मृति तथा श्रद्धाञ्जली सभा” सम्पन्न भयो।

समाजसेवी स्वर्गिय दशरथ खालिङ् राई क्यान्सर रोगको उपचारकै क्रममा गत डिसेम्बर १४ तारेख न्यूयोर्कको Elmhurst Hospital, मा असमयिक निधन भएको थियो। परिवारको इच्छा अनुसार स्वर्गिय राईको पार्थिव शरीरलाई डिसेम्बर २० तारेखका दिन न्यूयोर्क राज्यको 65-40 Grand Avenue, Maspeth, NY 11378 मा किरांत मुन्धुमी विधिबाट अन्तेष्ठी गरिएको थियो। अमेरिकामा किरात राई समुदायले मृतकको पार्थिव शरिरलाई किरांत राईहरूको संस्कार अनुसार जमिनमा अन्तेष्ठी गरेको यो नै पहिलो पटक थियो।

किरात राई समुदायको विविध भाषा जस्तै मृत्यु पश्चात गरिने संस्कारहरू पनि आ-आफ्नो जात र वशोवासको आधारमा फरक फरक पाइन्छ। त्यसैले खालिङ राई समुदायमा मृत्यु पश्चात गरिने मुन्धुमी सस्कारहरू नेपालमा सम्पन्न गरि सकिएको हुंदा यहि जनवरी २ तारेख ४५ औं दिनको अवसरमा किरात राईहरूको सांस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले स्वर्गिय राई र उहांको परिवारलाई उपचारको क्रममा हर किसिमको साथ सहयोग गर्ने र उहांको निधन पछि अन्तेष्ठिका दिन उपश्थित भएर श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्नु हुने तमाम शुभचिन्तक महानुभावहरूलाई मलामी चोख्याउन “दशरथ खालिङ राई स्मृति तथा श्रद्धाञ्जली सभाको” आयोजना गरेको थियो।

स्वर्गिय राईको तस्विरमा माल्यार्पण र पुष्प गुच्छा चढाएर शुरू गरिएको स्मृति तथा श्रद्धाञ्जली सभामा उहांको धर्मपत्नी श्रीमति पृथीलक्षी खालिङ राई, नोक्छु पदम बहादुर राई, यूक्रा केन्द्रिय अध्यक्ष जय थुलुङ राई, प्रथम महिला चम्पा राई, केन्द्रिय उपाध्यक्ष तथा न्यूयोर्क राज्यकोलागि नेपालका सद्भावना दुत केशवराम राई, पूर्व केन्द्रिय अध्यक्ष तथा साकेलाथान परियोजनाका संयोजक विष्णु कुमार राई, सल्लाहकार मुना राई, अन्तराष्ट्रिय कराटे प्रशिक्षक तथा निरिोक्षक पर्खि खालिङ राई, न्यूयोर्क च्याप्टर अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघकी नव निर्वाचित महिला उपाध्यक्ष ममता खालिङ राई, वरिष्ट उपाध्यक्ष वसन्ति राई, महासचिव बद्रि थुलुङ राई लगायत च्यप्टरका पदाधिकारीहरू साथै न्यूयोर्क राज्यमा वसोवास गर्ने किरात राईहरूको उपश्थितिमा कार्यक्रमको आयोजना गरिएको थिए।

युक्रा परिवारको निमन्त्रणालाई स्वीकार गरी न्युयोर्क शहरलाई आधारक्षेत्र बनाई क्रियाशिल रहेका बिभिन्न सामाजिक, सास्कृतिक र पेशागत संघ संस्थाका प्रतिनिधीहरू, समाजसेवीहरु, कलाकारहरू, आफन्तजन, शभेक्ष्छुक मित्रहरु र अन्य अन्तराष्ट्रिय समुदायका प्रतिनिधीहरुको उपस्थिती पनि उल्लेख्य रहेको थियो। गैह्र आवासी नेपाली समाज अमेरिका NRNA/ USA का अध्यक्ष सुर्य लम्साल, उपाध्यक्ष अनिता परियार, Mayor Eric Adams का Asian Advisory Counciler, हामी नेपाली ग्लोबलका केन्द्रिय प्रथम उपाध्यक्ष तथा Collage Point Civec Taxpayer Association प्रोपाईटर नवराज के.सी, नेपाली समाज अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका नव निर्वाचित अध्यक्ष तोरण गुरुङ, र महासचिव दिपक चौधरी, तमु सोसाईटी अफ अमेरिकाका अध्यक्ष ओम गुरुङ, मगर समाजका अध्यक्ष कुलदिप मगर, मुगु समाजका अध्यक्ष ओसाङ लामा, दक्षिण एसियाली सम्पर्क प्रतिनिधी सुकरार्नी ड्यानपट, शेर्पा समाज अध्यक्ष अर्विन शेर्पा, फिप्नाका पूर्व सभामुख शुवर्ण शाक्य, शेर्पा किदुक अध्यक्ष तेम्वा शेर्पा, प्रवासी नेपाली मंचका सचिव टेक गुरुङ, माइनोरोटी ईम्प्लोयमेन्ट नेटवर्कका अध्यक्ष श्याम कार्की, कलाकारहरु- बरिष्ट नृत्य निर्देशक गोविन्द राई, गायक अभय ढुङगेल, संचारकर्मी Hello America TV का प्रस्तोता सम्राट कार्की र समाजिक अभियन्ताद्धय जोन खड्गी, किरण पौडेलले, फुर्वा शेर्पा, फिप्ना वरिष्ठ उपाध्यक्ष तुला तामाड:, उपाध्यक्ष राम कृष्ण महर्जन, तोरण गुरूड: र कृष्ण महर्जनले स्वर्गिय खालिङ राईको तस्विरमा पुष्प गुच्छ र खदा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्मृति तथा श्रद्धाञ्जली सभामा अन्तराष्ट्रिय कराटे प्रशिक्षक तथा निरिक्षक पर्खि खालिङ राईले खालिङ राईहरूको मृत्यु संस्कार बारे संक्षिप्त जानकारी दिने क्रममा स्वर्गिय राईले समाजमा दिनु भएको योगदानको बारेमा चर्चा पनि गर्नु भएको थियो। सोलुखुम्बु जिल्ला माप्यादुधकोशी गा.पा. वडा नं. १ जुभिङ स्थायी घर भएका स्वर्गिय खालिङ राईले शैक्षिक तथा किरात राई सांस्कृति सम्बन्धि अभियन्ता भई सेवा गरेका थिए। उहां लामो समय देखि घाँटीको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो। क्यान्सर रोगको उपाचारको क्रममा ६४ वर्षको उमेरमा देहन्त भएको थियो।किरात राई समुदाय भित्र रहेको २८ भाषी राईहरु मध्ये खालिङ राईहरुको मौलिक मृत्यु संस्कार प्रकृयागत बिधीमा आंशिक भिन्नता भए पनि मूलरूपमा मुन्धुमी संस्कारमै आधारित भएको कुरा उहांले बताउनु भयो।

उक्त कार्यक्रममा उपश्थित संघसस्थाका प्रमुख, प्रतिनीधिहरू तथा मलामीहरूलाई केन्द्रिय अध्यक्ष जय थुलुङ राईले मृतकको परिवारका साथै युनाइटेड किरांत राई अर्गनाईजेसन अफ अमेरीका प्रति देखाउनु भएको यति ठूलो सहयोग, सद्भावको र सहकार्यको उच्च सम्मान गर्दै आभार व्यक्त गरेका थिए ।

त्यसैगरी South Asian Liasion प्रतिनीधि Sookranie Dhanpat ले स्वर्गिय राईप्रति श्रध्दा सुमन अर्पण गर्दै नेपाली समाजको आपसी सद्भाव, भाइचारा र एकताको खुलेर प्रसंसा गरेकी थिन्। परिवारको तर्फबाट न्युयोर्क च्यपाटरकी अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाकी नव निर्वाचित महिला उपाध्यक्ष ममता खालिड: राईले आफ्नो पितृमा गैसक्नु भएका स्वर्गिय वावाप्रति श्रध्दा सुमन चढाउदै आफूलाई दु:खको कठिन घडिमा निश्वर्थ भावले व्यक्तिगत र संस्थागत रूपमा गर्नु भएको अमुल्य साथ र सहयोगको लागि ह्रदय देखि नै धन्यवाद दिदै आफुले भोगेको यस्तो दु:खद क्षण अरू कसैले कदापी भोग्न नपरोस् भन्नु भयो। स्मृति तथा श्रद्धाञ्जली सभाको अन्तमा उपश्थित मलामीहरूलाई चोख्याउन प्रसादको रूपमा किरात राईहरूको परंपरागत खान पिन र जलपानको व्यावश्था गरिएको थियो। उक्त कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राईले गरेका थिए।

प्रतिक्रिया