बाइडेन प्रशासनले १ लाख ५३ हजार ऋणीहरुको १.२ बिलियन विद्यार्थी ऋण माफ गर्दै

इनेप्लिज २०८० फागुन ९ गते १२:११ मा प्रकाशित

बाइडेन प्रशासनले १ लाख ५३ हजार ऋणीहरुको १.२ बिलियन विद्यार्थी ऋण माफ गर्ने भएको सिबिएसन्यूजले जनाएको छ ।

बाइडेन प्रशासनले बुधबार यसले स्वचालित रूपमा १.२ बिलियन डलर विद्यार्थी ऋण मिनाहा गर्ने भएको छ । ऋण मिनाहा १,५३ ,००० ऋणीहरुलाई गरिने भएको छ ।

शिक्षा विभागले उनीहरूलाई आज राष्ट्रपति जो बाइडेनबाट ऋण माफीको बारेमा बिधुतिय पत्र (इमेल) प्राप्त हुने जानकारी दिएको छ ।

गत वर्ष सर्वोच्च अदालतले बाइडेन प्रशासनको विद्यार्थी ऋण माफीको योजनालाई अमान्य गरेको थियो ।

पछिल्लो चरणमा बाइडेन प्रशासनले लगभग ३.९ मिलियन ऋणीहरूको लागि ऋण राहत स्वीकृत गरेको छ, जसमध्ये धेरैले दशकौंदेखि आफ्नो ऋण तिर्दै आएका छन्।

हालैको ऋण माफीको लागि योग्य हुने १,५३ ,००० ऋणीहरू मूल्यवान शिक्षा भुक्तानी योजनामा नामांकन गरिएका र कम्तिमा १० वर्षको भुक्तानी गरेका बिद्यार्थीरू हुन्।

प्रतिक्रिया