अमेरिकाको फ्लोरिडा राज्यको एक समुद्र तटमा बालुवामा खनेको खाल्डो भत्किँदा बालिकाको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
दक्षिण फ्लोरिडाको समुद्र तटमा बालुवामा पुरिएर मङ्गलबार बालिकाको मृत्यु भएको छ भने उनि एक सानो बालकसँग गहिरो खाडल खन्दा पुरिएर उनको ज्यान गएको अधिकारीहरूले भने ।
आपतकालीन टोलीहरू ३ बजे दिउसो तिर प्रतिक्रिया दिँदै लडरडेलमा करिब ८ बर्षिय बालकलाई बालुवामा आफ्नो छाती गाडिएको फेला पारेको पोम्पानो समुन्द्रतट अग्नि नियन्त्रणका प्रवक्ता सान्ड्रा किंगले बताइन्।
७ बर्षिय बालिका करिब बालकको मुनि पूर्ण रूपमा पुरिएकी दक्षिण फ्लोरिडा सन-सेन्टिनेललाई भने। बालुवाको थुप्रो भत्किँदा ५ वा ६ फिट (१.८ मिटर) गहिरो भएको उनले भनिन्।
उद्धारकर्ताहरूले बच्चाहरूलाई बाहिर निकाल्न बेल्चाहरु प्रयोग गरे तर उनीहरूलाई कति समयसम्म पुरिएका थिए भन्ने थाहा नभएको उनले बताइन ।
बालिकालाई फोर्ट लाडरडेलको ब्रोवार्ड स्वास्थ्य चिकित्सा केन्द्र लगियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। बालकलाई स्थिर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया