इजरायल रक्षा बलद्वारा हेजबुल्लाह हतियार भण्डारण सुविधामा आक्रमण ,आइडिएफलाई नासिर अस्पताललाई सैनिक निवासमा परिणत गरेको आरोप

इनेप्लिज २०८० फागुन ८ गते ११:५३ मा प्रकाशित

इजरायल रक्षा बलले हेजबुल्लाह हतियार भण्डारण सुविधामा आक्रमण गरेको छ । आइडिएफ अर्थात् इजरायल रक्षा बलले आतंकवादी पूर्वाधारमा आक्रमण गरेको एबिसीन्यूजले जनाएको छ ।

गत सोमबार इजरायली लडाकु विमानले लेबनानमा दुईवटा हेजबुल्लाह हतियार भण्डारण केन्द्रमा आक्रमण गरेको जनाएको छ।

आइडिएफका अनुसार यो पहिले दिनको उत्तरी इजरायल तर्फ प्रक्षेपण गरिएको मानवरहित हवाई युद्ध्यानको प्रतिक्रियामा थियो । लेबनानबाट हेजबुल्लाहद्वारा प्रक्षेपण गरिएकोबिरुद्ध यो आक्रमण गरिएको हो ।

यता गाजाको स्वास्थ्य मन्त्रालयले आइडिएफलाई नासिर अस्पताललाई सैन्य ब्यारेक (सैनिक निवास) मा परिणत गरेको आरोप लगाएको छ ।

इजरायली सेनाले दक्षिणी गाजा भूभागमा सेवा गर्ने मुख्य चिकित्सा केन्द्र नासिर अस्पताललाई सैनिक निवासमा परिणत गरेको छ र गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार “बिरामी र स्वास्थ्य कर्मचारीको जीवनलाई खतरामा पारिरहेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार अस्पताल भित्रका बिरामीहरू र चिकित्सा कर्मचारीहरू अब बिजुली, पानी, खाना, अक्सिजन र कठिन अवस्थाहरूको लागि उपचार क्षमताविहीन छन् किनभने इजरायली भूमि सेनाले गत हप्ता दक्षिणी गाजा शहरको खान युनिसको सुविधामा छापा मारेको थियो।

विश्व स्वास्थ्य संगठनले गत आइतवार अस्पतालले काम गर्न छोडेको बताएको छ । १८० भन्दा बढी बिरामी र १५ जना चिकित्सक र स्वास्थ्य परिचारिकाहरु अस्पताल भित्रै रहने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनले अस्पतालबाट १४ गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि बाहिर निकालेको जनाएको छ।

प्रतिक्रिया