क्यापिटल वानले ३५.३ बिलियन डलरमा डिस्कभर खरिद गर्ने भएको छ ।
अमेरिकी क्यापिटल वानले डिस्कभर आर्थिक कारोवारका सेवाहरू ३५.३ $ बिलियन डलरमा सबै पूँजी (स्टक) सम्झौतामा प्राप्त गर्ने भएको छ । अमेरिकामा अत्यधिक चल्ने मध्ये कै एक उधारो पत्र( क्रेडिट कार्ड)मा समेतमा राम्रो पकड रहेको डिस्कभर उधारो पत्र(क्रेडिट कार्ड)ले क्यापिटल वानलाई निकै फाइदा पुग्ने छ।
सोमबार साँझ घोषणा गरिएको सम्झौताका सर्तहरू अन्तर्गत, डिस्कभर सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको प्रत्येक डिस्कभर अंश (शेयर)को लागि क्यापिटल वान (सीओएफ) को एक अंश (सेयर )प्राप्त गर्नेछन्। गत शुक्रबार डिस्कभरको ११०.४९ को बन्द शेयर (हिस्सा)मूल्यबाट लगभग २७ प्रिमियम प्रतिनिधित्व गर्दछ।
यदि सम्झौता अन्तिम भयो भने हालको क्यापिटल वानका शेयरधारकहरूले संयुक्त कम्पनीमा ६० % स्वामित्व पाउनेछन्, जबकि डिस्कभर शेयरधारकहरूले बाँकी ४० % स्वामित्व पाउनेछन् भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
क्यापिटल वानले यो सम्झौता २०२४ को अन्त्यमा वा २०२५ को शुरुमा समाप्त हुने विश्वास गरेको बताएको छ।
लगभग २८ बिलियनको बजार मूल्याङ्कनमा रहेको डिस्कभर अमेरिकाका अन्य तीन प्रमुख उधारो पत्र संजाल (क्रेडिट कार्ड नेटवर्क)हरू जस्तै भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेस भन्दा निकै सानो छ।
दुवै प्रतिष्ठानहरूले मंगलबार बिहान ८:०० बजे अमेरिकी पूर्वीय समय अनुसार संयुक्त सम्मेलनको आयोजना गर्ने भएका छन् ।
प्रतिक्रिया