ट्रम्पद्वारा नाभाल्नीको मृत्युमा संक्षिप्त टिप्पणी

इनेप्लिज २०८० फागुन ८ गते ०:१६ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युको बिषयमा लिएर छोटो टिप्पणी गरेका छन । सारा संसारका नेताहरुले नाभाल्नीको मृत्युको बारेमा सामाजिक संजाल मार्फत सन्देश दिई सके पछि उनले आफ्नो निजी सामाजिक संजाल मार्फत टिप्पणी गरे ।

ट्रम्पले सोमबार रूसी विपक्षी नेता नाभाल्नीको मृत्युमा पहिलो प्रत्यक्ष टिप्पणी प्रयोग गरे । “एलेक्सी नाभाल्नीको आकस्मिक मृत्युले मलाई हाम्रो देशमा के भइरहेको छ भन्ने बारे थप सचेत गराएको छ,” ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

ट्रम्पकी प्रमुख प्रतिद्वन्द्वी भारतीय मूलकी रिपब्लिकनकि राष्ट्रपतिकी उम्मेदवार निक्की हेलीले नाभाल्नीको मृत्युबारे टिप्पणी नगरेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा नगरेको भन्दै आलोचना गर्दै आएकी छन् ।

ट्रम्पले आफूलाई नाभाल्नीसँग समान रूपमा तुलना गर्दै आफ्नो सामाजिक संजाल ट्रुथमा शीर्षक सहित “बाइडेन: ट्रम्प:: पुटिन: नाभाल्नी।” भनि प्रकाशन गरेका छन् ।

नाभाल्नीको मृत्युको ३ दिन पछि ट्रम्पको पहिलो प्रत्यक्ष संक्षिप्त टिप्पणी आएको हो ।

प्रतिक्रिया