अमेरिकाले लाल सागरमा हुथी विद्रोहीहरूको “आकस्मिक खतरा” लाई सफलतापूर्वक प्रहार गरेको जनाएको छ ।
अमेरिकाले गत शुक्रबार आत्मरक्षाका लागि लाल सागरमा हुथी विद्रोहीको लक्ष्यमा दुईवटा सफल आक्रमण गरेको जनाएको छ।
युएस सेन्ट्रल कमाण्ड(सेन्टकम)का अनुसार यमनमा इरान समर्थित समूहसँग सम्बन्धित एउटा गतिशील पोतबिहार बिरुद्ध मार हान्ने क्षेप्यास्त्र( मोबाइल एन्टी-शिप क्रुज मिसाइल )र एउटा गतिशील (मोबाइल )मानवरहित सतह जहाजलाई लक्षित गरिएको थियो।
अमेरिकाले उक्त क्षेप्यास्त्रलाई यस क्षेत्रमा अमेरिकी नौसेनाका जहाज र व्यापारी जहाजहरूका लागि “आसन्न खतरा” को रूपमा पहिचान गरेको छ।
स्मरण रहोस , गाजामा इजरायलको युद्धको प्रतिक्रियामा हुथीहरूले बारम्बार लाल सागरमा व्यापारिक जहाजलाई लक्षित गरेका छन्। विद्रोहीहरूले गाजामा “आक्रमण बन्द नभएसम्म” आक्रमण जारी रहने बताएका छन्।
प्रतिक्रिया