स्व अर्जुन प्रसाद मैनालीको अन्त्येष्टि नर्थ क्यारोलाइनाको शार्लोटमा हुने ,श्रद्धान्जली अर्पण गर्न समुदायलाई आमन्त्रण

इनेप्लिज २०८० फागुन ३ गते ०:५५ मा प्रकाशित

विश्व रक्तदाता स्व अर्जुन प्रसाद मैनालीको अन्त्येष्टि नर्थ क्यारोलाइनको शार्लोटमा हुने भएको छ ।

श्रद्धान्जली अर्पण गर्न समुदायलाई आमन्त्रण गर्दै फेब्रुअरी १५ बिहिबारका दिन अन्त्येष्टि गरिने नर्थ क्यारोलाइनाको ग्रेटर शार्लोट नेपाली संघले जनाएको छ ।

गत फेब्रुअरी ११ का दिन आफै देहत्याग गरेका स्व मैनालीको अन्तिम संस्कार फेब्रुअरी १५ बिहिबारका दिन बिहान ११ बजे देखि ३ बजे सम्म राखिएको छ ।

५६ बर्षिय स्व मैनालीको जन्म जुन २०,१९६८ मा भएको हो भने मृत्यु फेब्रुअरी ११ ,२०२४ का दिन भएको हो ।

स्व मैनालीको सहयोगको लागि गोफन्डमी खाता संचालनमा ल्याइएको छ । ग्रेटर शार्लोट नेपाली संघले उक्त गोफन्ड मी खाता खोलेको छ ।

दुई दिन अगाडी संचालनमा सँस्थाको पहलमा उक्त खाता खोलिएको हो । ग्रेटर शार्लोट नेपाली संघले यस कठिन समयमा स्व मैनालीको परिवारलाई अन्त्येष्टि खर्च र थप सहयोगको लागि हामीले आर्थिक सहयोग जुटोस भन्दै कोष सुरु गरेको जनाएको छ ।

गो फन्ड मी मा कोष संकलनको लक्ष्य ५० हजार डलर राखिएको छ भने १८ हजार डलर संकलन भै सकेको छ । विश्व रक्तदाता स्व अर्जुन मैनालीले फेब्रुअरी ११ का दिन सामाजिक संजाल (फेसबुक)मा श्रीमतीलाई आज परलोक जाँदैछु भन्दै देहत्याग गरेका थिए ।

उनले आफ्नै सामाजिक संजाल(फेसबुक-मेटा)मा भावुक पत्र आफ्नी श्रीमतीलाई लेख्दै साला र सालाकी श्रीमतीले गाली बेइज्जत गरेको आरोप लगाउदै आफ्नो प्राण त्याग गरेका थिए ।

मैनाली रगतदानमा नेपाली समुदायलाई योगदान गर्ने सबै भन्दा सक्रिय र अत्यन्तै परोपकारी थिए । उनले आफ्नो सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)मा आफ्नो र श्रीमतीको तस्बिर समेत राखी भाबुक कुराहरु लेखेका छन् ।

स्व मैनालीले छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । म परलोक जान सेतो कार भाडामा लिएको समेत लेखेका थिए । उनले सामाजिक संजाल मार्फत छोरा-छोरी (अमुन-अमित) र आमामा कृतज्ञ भएको उल्लेख गरेका छन् ।

उनले अन्त्यमा ॐ नम शिवायको साथै गायत्री मन्त्र ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात भन्दै आफ्नो लेखाईलाई पूर्ण बिराम गरेका छन् ।

साथै स्व अर्जुन मैनालीले ३० वर्षको अवधिमा निःस्वार्थ भावनाले २०५ पटक रक्तदान गरेका थिए ।

अन्तिम संस्कार हुने स्थान र समय :

Location: Tribute and Tallent Funeral Service, 1937 N Sharon Amity Road, Charlotte, NC 28205
Date & Time: 02/15/2023 11:00 AM to 3:00 PM

प्रतिक्रिया