अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण संगै अपहरणमा परेका दुई बन्धकहरुको इजरायली रक्षाबलले सकुसल उद्धार गरेको छ ।
गाजाबाट दुई पुरुष बन्धकहरूलाई उद्धार गरिएको इजरायली रक्षाबल (आइडिएफ)ले सोमबार बिहान स्थानीय समय अनुसार जानकारी दिएको छ ।
बन्धकहरू दुवै जीवित छन् र “राम्रो स्वास्थ्य अवस्थामा छन्,” आईडिएफले एक विज्ञप्तिमा जनाएको छ ।
दुई बन्धकहरूमा ६० वर्षीय फर्नान्डो साइमन मारमन र ७० वर्षीय लुइस हर इजरायल फर्किएका छन् । आइडिएफका अनुसार तिनीहरूलाई शेबा तेल हासोमर अस्पतालमा ल्याइएको छ । उनीहरु दुवैलाई हमासले अक्टोबर ७ मा किबुट्ज नीर यित्जाकबाट अपहरण गरेको थियो।
गाजाको रफाहबाट दुई बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान स्थानीय समय अनुसार बिहान करिब १ बजे सुरु भएको आईडिएफका प्रवक्ता प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नल )रिचर्ड हेचले सोमबार बिहान पत्रकारहरूलाई जानकारी दिए ।
“दुई बन्धकहरूलाई रफाहको एक आवासीय भवनको दोस्रो तल्लाबाट उद्धार गरिएको थियो,” हेच्टले भने। सेनाले भवनलाई तोडेको उनले बताए ।
आक्रमण गर्दा वरपरका भवनहरूमा पनि आगो लागेको जनाए ।
प्रतिक्रिया