बस दुर्घटना हुँदा एकको मृत्यु, उन्नाइस घाइते

इनेप्लिज २०७२ भदौ १२ गते १५:५२ मा प्रकाशित

accident-signदमौली, १२ भदौ । तनुहुँको मनपाङ–१ छबिसेमा आज साँझ भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १९ यात्रु घाइते भएका छन् ।

बसले च्यापिएर मृत्यु हुनेमा जामुने–४ बस्ने २५ वर्षीय विष्णुबहादुर आले रहेको घटनास्थल पुगेका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुने दुईजनालाई सेतीगङ्गा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको र अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

पोखराबाट मुग्लिनका लागि छुटेकोे ना.५ ख ७२२७ नम्बरको व्यासभूमि यातायातको बस सडकबाट २० फिट तल खसेर दुघर्टनाग्रस्त भएको हो ।

प्रतिक्रिया