प्रेम दिवस – कविता
अब
अब आउदै छ रे
राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरको
प्रेम दिवस
कहिले
मित्र दिवसको नाम लिएर
कहिले गुलाफ दिवस त
कहिले
चक्लेट-डे,टेडिवियर-डे ,
हकडे,किसडे
यस्तै यस्तै
खोइ !
के के डे हो ?
के के!
बुझ्नै कठिन
जे जे भने पनि
प्रेम दिवसको मुष्ट चै
प्रपोज डे (दिवस) रे
यसले
प्रेम दिवसको महत्व बढाउदै छ रे !
यो प्रकृया
सुनेर बुझ्न पनि
निकै गार्हो पर्ने रहेछ !
हामी !
डेट् एक्सपाएरहरूलाई त
हरेक किशोर र
किशोरीको मन छोएर
कसैलाई हँसाएर
कसैलाइ छुटाएर
कसैलाई रुवाएर भएपनि
मनाउनै पर्ने
यो प्रेम दिवस
प्रेम दिवसको प्रस्ताव
केटीले सजिलै माने
पियार नत्र,
नमाने तेजावले
अनुहारतिर झ्याप सिँगार पनि रे !
थाहै नपाइ
सुस्त चालडाल
मँस्कदै, डस्कँदै
लसक्क लस्कँदै
प्रत्येकको मनमा
गढेर आउदै छ रे
त्यो
प्रेम दिवस
मन भएकाहरूले,
मन भएकाहरुलाई
जे जे दिए पनि हुने रे !
मन मिल्ने र
मन दिनेहरू विचकोमित्रता
त्यो पनि
जिवनभरको वाचन खसमले
जवानीका रङ्ग साट्ने
निकै गाडा
अनि कडा
सम्बन्ध गाँसिने हो रे
यो मेलेन्टाइन/ प्रेम दिवसमा
त्यसैले त
यो प्रेम दिवसको
महत्व बढेको रहेछ ।
यो वा त्यो को मतलव छैन
स्वतन्त्रतामा हस्तक्षेप हुनुहुन्न
प्रश्न उठे
भित्रै विध्वंस,
परिवारमा विद्रोह
आफ्नो भन्दा पराइ नजिक
सोझो सोध्दा बाङ्गो,
बङ्गियाएरै बुझ्ने
कस्तो अचम्म हो !
रक्त सम्बन्ध छोडेर
भावनाको सम्बन्ध ताक्ने
सरसल्लाह छोडेर
ढाँटेर
कस्तो उमेर हो यो ?
प्रेम दिवसमा
हेर त
किशोर किशोरी मात्रै होइन
रोगी,भोगी र वृद्ध पनि
भित्रभित्रै रमाउने
विस्तारामा पल्टेर भएनि
नजानिदो ढँङ्गले
रोमान्टिक हुने
अलि अलि रिसाउने
फेरि प्रेमीले फकाउने
चिया चमेनामा जीवन घुमाउने
एक दुई सय मागेर
घरबाट भागेर
दुइचार सय चोरेर
नपुगे सन्नुस भोरेर
भए पनि मनाउनै पर्ने रे
यो प्रेम दिवस
प्रेम दिवस
थाहा नपाइ
तपाईंलाई नि छुने
मलाई नि हुने
अनि
कता कता
उनिहरू प्रतिको इर्षाले
मन कट्कै रूने
भन्न नरूचाए नि
त्यो खुसिले
मन प्रशन्न हुने
यो रमाइलो पर्व
प्रेम दिवसको
सबैलाई शुभकामना !
सीता ओझा
प्रतिक्रिया