काठमाडौँ । ललितपुरको जाउलाखेलस्थित फुटबल ग्राउण्डमा पहिलो स्कुुल मिट एक्सपो २०२४ (स्कुल मेला) सुरु भएको छ । शनिबार आयोजित एक समारोहकाबीच काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोलले मेलाको उद्घाटन गरिन् ।
कार्यक्रममा उपमेयर डंगोलले स्कुल मेलाले अभिभावकहरुलाई स्कुलको बिषयमा बिभिन्न जानकारी एकै थलोमा उपलब्ध हुने भएकोले समयको बचत समेत गर्ने बताइन् । ‘यो नेपालको पहिलो स्कुल मेला हो । मेलाले अभिभावकलाई आफ्ना बच्चाका लागि कस्तो स्कुल हुनपर्छ भन्ने धेरै भन्दा धेरै जानकारी दिन्छ’, डंगोलले भनिन् ‘अहिले ठाउँ ठाउँमा गएर स्कुलको बारेमा जानकारी लिनु भन्दा एकै ठाउँमा जानकारी दिनु राम्रो हो ।’ उनले स्कुल मेलाको सफलताको काम गर्दै आगामी बर्षमा पनि यस्ता मेलाले निरन्तरता पाउनुपर्ने धारणा राखिन् ।
आरए इभेन्ट म्यानेजमेन्टको आयोजना र रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको परिकल्पना एबं ब्यावस्थापनमा ‘स्कुल मिट एक्सपो २०२४’ आयोजना भएको छ । शुक्रबारबाट सुरु भएको एक्सपो तीन दिन आइतबारसम्म चल्नेछ ।
एक्सपोमा उपत्यकाका बिभिन्न स्कुलहरुको सहभागीता रहेकोले विषेश गरेर ब्यस्त रहने अभिभावकको समय बचत गर्दै बच्चाहरुको लागि उचित स्कुल छान्ने अवसर मिल्ने आयोजक तथा इन्टरनेशनल मोडंल तथा फेसन कोच राज फैजुले बताए ।
एक्सपोमा बच्चाहरुका लागि गेम जोन, फुटसल लगायतका बिभिन्न स्टलका अलवा फुटकोट समेत राखिएको छ । एक्सपो बच्चा र अभिभावको क्वालिटी समय सदुपयोगका लागि पनि आयोजना गरिएको आयोजकको भनाई छ ।
एक्सपोका लागि अभिभावक तथा बिद्यार्थीहरुको रेस्पोन्स राम्रो रहेकोले यस पटक सहभागी हुन नसकेको स्कुलले समेत अर्काे बर्ष सहभागी हुने बताएको फैजुको भनाई छ ।
प्रतिक्रिया